सुनुवाई समितिद्वारा चार आयोगका अध्यक्षको नाम अनुमोदन
काठमाडौ : मंगलबार बसेको संसदीय सुनुवाई विशेष समितिले चारवटा संवैधानिक आयोगका प्रस्तावित अध्यक्षको नाम अनुमोदन गरेको छ।सुनुवाई समितिको बैठकले वित्त आयोग, समावेशी आयोग, मधेसी आयोग र थारु आयोगका अध्यक्षको नाम अनुमोदन गरेको छ। अध्यक्षको नाम अनुमोदनका लागि कुनै पनि उजुरी परेको थिएन।चारै आयोगका प्रस्तावित अध्यक्षको नाम सिफारिस गरिएको सुनुवाई समितिले जनाएको छ।
वित्त आयोगका अध्यक्षमा बालानन्द पौडेल, समावेशी आयोगको अध्यक्षमा सान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा डा. विजयीकुमार दत्त तथा थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरीको नाम अनुमोदन गरेको हो।
उनीहरुको योग्यता, रुची, सोच, अवधारणा र कार्ययोजनाबारे जानकारी लिएपछि समितिले चारैजनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।
प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा सम्बैधानिक परिषद्ले आयोगका पदाधिकारीको नाम सिफारिस गरेकोप्रति असहमति जनाउँदै नेपाली काङ्ग्रेसका तर्फबाट समितिमा रहेका सांसदको भने बैठकमा अनुपस्थिती रहेको थियो।रासस