टायर पड्केपछि जिप पल्टिँदा दुईको मृत्यु, तीन घाइते

टायर पड्केपछि जिप पल्टिँदा दुईको मृत्यु, तीन घाइते

तनहुँ : पृथ्वी राजमार्गको घाँसीकुवास्थित जिप दुर्घटना हुँदा दुई यात्रुको मृत्यु भएको छ। तीनजना घाइते छन्। छिर्कनेबाट दमौलीतर्फ आउँदै गरेको ग १ ज २९०७ नम्बरको जिप टायर पड्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा बन्दीपुर नगरपालिका–३ रामकोटका ७५ वर्षीय बुद्धिबहादुर थापा र जिपका चालक व्यास नगरपालिका–१४ केशवटारका ३५ वर्षीय बिमल घर्तीको मृत्यु भएको हो। दुर्घटनामा घाइते उनीहरुलाई उपचारको लागि अस्पताल लैजाँदैगर्दा मृत्यु भएको बताइएको छ।

प्रहरीका अनुसार द्रुत गतिमा रहेको जिपको अगाडिको टायर पड्कीएपछि असन्तुलित भइ सडकबाट झण्डै ५० मिटर तल खसेको थियो। दुर्घटनामा अरु तीनजनाको दमौली अस्पतालमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.