निर्मलाका हत्यारा छिट्टै पत्ता लगाइ छोड्छौं : गृहमन्त्री

निर्मलाका हत्यारा छिट्टै पत्ता लगाइ छोड्छौं : गृहमन्त्री

धनगढी : गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मलाको हत्या प्रकरणको गहन अनुसन्धान भइरहेको बताएका छन्।सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी आएका गृहमन्त्री थापाले बुधबार पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन्।

'सरकार गम्भीर भएर अनुसन्धानमा लागेको छ, छिट्टै हत्यारा पत्ता लाग्छन्,' गृहमन्त्री थापाले भने।उनले सरकारले कानुनी तवरले यातायातमा लगाइएको सिन्डिकेटको अन्त्य गरिसकेको बताए। 'कानुनी तवरले यातायातको सिन्डिकेट अन्त्य भएको छ, केही समस्या देखिएका छन्, सरकार ती समस्यालाई पनि हल गर्न लागिरहेको छ,' उनले भने।

उनले सिन्डीकेटको पूरै अन्त्य गर्न केही काम गर्न बाँकी रहेको बताउँदै देशबाट सबै प्रकारको सिन्डिकेट अन्त्य गरिने बताए ।सरकारमा गएलगत्तै निर्माण व्यवसायीले वर्षौंदेखि अल्झाइ रहेका योजनाका बारेमा सख्त देखिएका गृहमन्त्रीले अहिले पनि त्यसमा ठोस कदम चालिरहेको दाबी गरे। 'वर्षौंदेखि निर्माणको ठेक्का लिएर अल्झाई रहेको केही निर्माण व्यवसायीलाई कानुनी दायरामा ल्याइने काम भइरहेको छ, सरकार यसमा पछि हटेको छैन,'उनले भने।

उनले सरकारले उत्तरी र दक्षिणी छिमेकीसँग भएको सम्बन्ध विस्तारले पनि छिट्टै समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थकतामा बदलिने बताए।'सरकारले उत्तरी र दक्षिणी छिमेकीसँग सम्बन्ध विस्तार गरेको छ, यसले अब समृद्धीको क्रम सुरु हुन्छ,' उनले भने।

मंगलबारदेखि सुदूरपश्चिमस्तरीय सुरक्षा गोष्ठी सुरु भएको हो।सुरक्षा गोष्ठीका चारवटै सुरक्षा अंगका प्रमुखको पनि सहभागिता रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.