सरकारको रुवैया र कार्यशैली हेर्दा त्यो सबै कमजोर हुँदैछ : गच्छदार

सरकारको रुवैया र कार्यशैली हेर्दा त्यो सबै कमजोर हुँदैछ : गच्छदार

महेन्द्रनगर : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले पार्टी भित्रको आन्तरिक समस्या समाधान गर्न शीर्ष नेताहरु सबै जिम्मेवार बन्नुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन कञ्चनपुरले बुधबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपसभापति गच्छदारले नेताहरु जिम्मेवार भएर हिँड्नुपर्ने बताएका हुन्।'पार्टी जटिल अवस्थामा छ, आन्तरिक रुपमा रहेका समस्या समाधान गरेर अघि बढ्नुको विकल्प छैन,' उनले भने, 'कांग्रेस बनाउने अभियानमा सबै नेताहरु गम्भीर हुनु आवश्यक छ। त्यसका लागि अब सोच्ने बेला आएको छ।'

 'महासमिति बैठकको निर्णय कार्यान्वयन केन्द्रीय समितिले गर्नु उपयुक्त हुन्थ्यो नै, त्यसमा मेरो पनि सहमति हो,उनले भने,'अब केन्द्रीय समितिले निर्णय गरिसकेपछि त्यसमा कसैले विवाद गर्ने होइन् त्यसलाई स्वीकारेर अघि बढ्नुपर्छ।'

कांग्रेस भित्रको आन्तरिक द्वन्द्व र विवाद कायमै भए अन्य शक्तिलाई फाइदा पुग्ने भएकाले नेताहरुले सोच्नुपर्ने बेला आएको उनी बताउँछन्। उनले आफू करिब एक दशकपछि पुनः कांग्रेसकै राजनीतिमा फर्किएको प्रसङ्ग उल्लेख गर्दै आफ्नो भूमिका विवाद बढाउने नभई अब कांग्रेसलाई एक ढिक्‍का बनाएर लैजाने विषयमा केन्द्रित हुने धारणा राखे।

पार्टी अप्ठ्यारो अवस्थामा रहँदै जाने हो भने भोलीका दिनमा समेत जनमत समेत पार्टीको पक्षमा नहुने भन्दै उनले सबै नेता कार्यकर्ताहरु सचेत हुनुपर्नेमा जोड दिए।अर्को फरक प्रसङ्गमा बोल्दै उपसभापति गच्छदारले अहिले कम्युनिस्ट नेतृत्वको सरकार दुई तिहाइको आडमा जर्बजस्ती अघि बढेको आरोप लगाए। '२÷३ छ भनेर जे मन लाग्यो त्यही गरिरहेको छ, उनले भने, 'संविधानको मर्म र भावना विपरित यसरी नै सरकार अघि बढ्ने हो भने त्यो नेपाली कांग्रेसलाई सैह्य हुने छैन्।'

नेपाली कांग्रेसले सुरु गरेका विकासका पूर्वाधार कमजोर बनाउने र खारेज गर्ने तर्फ अहिलेको सरकार लागेको उनको आरोप छ। 'बाहिरदेखि हेर्दा अहिलेको सरकार स्थिर छ, लामो समय चल्छ भन्ने जस्तो देखिएको छ', उनले भने, 'तर भित्री रुपमा हेर्ने हो भने यो सरकारले कुनै प्रगति हाँसिल गर्न सकेको छैन्।'

नेपाली कांग्रेस अहिलेको सरकार संविधान सम्वतरुपले राज्य सञ्चालन गरोस् भन्ने चाहिरहेको उनले बताए। 'कांग्रेसले नेतृत्व गर्दा नै अहिलेसम्म थुप्रै उपलब्धि हाँसिल भएको हो,'उनले भने,'तर यो सरकारको रुवैया र कार्य शैली हेर्दा त्यो सबै कमजोर हुँदैछ।' २÷३ को आडमा कम्युनिस्ट सरकार गलत बाटोबाट अघि बढिरहेको कांग्रेसको निष्कर्ष रहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.