टीकापुर हत्याकाण्ड : रेशम चौधरीसहित ११ जनालाई जन्मकैद

टीकापुर हत्याकाण्ड : रेशम चौधरीसहित ११ जनालाई जन्मकैद

धनगढी : कैलालीको टीकपुरमा ७ प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला भएको छ । 

जिल्ला अदालत कैलालीले हाल सांसदको पनि सपथ खाइसकेका चौधरीसहित ११ जनालाई टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो । 

जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासले टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । यो घटनामा ३ जना अभियुक्तले सफाइ पाएका छन्। टीकापुर हत्याकाण्डपछि पक्राउ परेर हाल थुनामा रहेका १२ जनालाई २ देखि ३ वर्षसम्म कैद सजाय भएको छ 

उनीहरु हाल कैलाली कारागरामै कैद भुक्तान गरिरहेका छन् । उनीहरुले अदालतबाट तोकिए बमोजिमको सजाय भुक्तान गरिसकेकाले रिहा हुने भएका छन् । 

टीकापुर हत्याकाण्डमा प्रहरीले ५८ जनाविरुद्ध कर्तव्य ज्यान, डाका चोरी र ज्यान मार्ने उद्योगको मुद्दा चलाएको थियो । ५८ जनामा २७ जना पक्राउ परिसकेका छन् । रेशमले भने अदालतमा पुगेर आत्मसर्मपण गरेका थिए । यो हत्याकाण्डमा संलग्न भनिएका ३१ जना अझै फरार रहेका छन् । 

के हो टीकापुर हत्याकाण्ड ? 

स‌ंविधान निर्माण चलिरहेका बेला सुदूपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको नाममा आन्दोलन चर्किरहेको थियो । अर्कातिर त्यहाँका थारु समुदायले सुदूरपश्चिम तराईका कैलाली र कञ्चनपुर मिलाएर थरुहट प्रदेश बनाउन भन्दै आन्दोलन चर्काएका थिए  

आन्दोलन चलिरहेका बेला थारु समुदायले कैलालीको टीकापुरस्थित सरकारी कार्यालयमा थारुवान प्रदेशको बोर्ड टाँस्न खोजेका थिए । त्यही क्रममा बोर्ड टाँस्न खोज्ने थारु समुदाय र अखण्ड सुदूरपश्चिम पक्षधरबीच तनाव चुलिइरहेका बेला २०७२ साल भदौ ७ गते टीकापुरमा ८ जनाको सामूहिक हत्या भएको थियो । 

सरकारी कार्यालयमा थारुवानको बोर्ड टाँस्न थारु समुदायका आन्दोलनकारीहरु टीकापुर पस्न खोजेको जानकारीका आधारमा सेती अञ्चल प्रहरी कार्यालयका तत्कालीन एसएसपी लक्ष्मण न्यौपानेसहितको टोली सुरक्षाका लागि तैनाथ भएको थियो । 

तर सशस्त्र प्रहरीसँगको समन्वय अभावमा आन्दोलनकारीको भिडलाई प्रहरीले रोक्न सकेन । प्रहरीले रोक्न नसकेपछि थारु समुदायको उत्तेजित भिडले प्रहरीमाथि आक्रमण गरेको थियो । आक्रोशित आन्दोलनकारीले प्रहरीको टोलीमाथि तरबार, भाला र अन्य घरेलु हतियारले आक्रमण गरेका थिए । 

त्यही क्रममा एसएसपी न्यौपानेसहित आठजना र एकजना दुधे बालकको आन्दोलनकारीले हत्या गरे । यो प्रकरणका मुख्य योजनाकार रेशम चौधरी रहेको खुलेसँगै उनी फरार भए । उनी लामो समय भारतमा लुकेर बसेका थिए । लामो समय भारतमा लुकेर बसेका उनी कैलाली १ बाट प्रतिनिधि सभामा विजयी भएसँगै आत्मसमर्पण गरेर हाल डिल्ली बजार कारागारमा छन् । उनले सांसद पदको सपथ पनि खाइसकेका छन् । 

घटनापछि मुख्य आरोपी भएको चर्चासँगै फरार भएका उनी भारतमै रहेर प्रतिनिधि सभाको चुनाव लडे । टीकापुरसहितको भूगोलबाट पाएको भारी मतले उनी प्रतिनिधिसभामा २० हजार ९ सय ३५ को फराकिलो अन्तरले निर्वाचित भए । 

आत्समर्पण गरेसँगै उनले कैलाली कारागारमै सांसद पदमा सपथ खुवाउनुपर्ने माग गर्दै अनशन बसे । अनशनकै क्रममा बिरामी परेपछि रेशमलाई काठमाडौँ ल्याइयो । काठमाडौँ ल्याएपछि उनलाई सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा सदस्यको शपथ खुवाए । सपथ खुवाएपछि उनले प्रतिनिधि सभामा बस्न नदिइ जेल नै पठाइयो । 

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.