६० हजार घुससहित पक्राउ परेका इन्जिनियरविरुद्ध मुद्दा

६० हजार घुससहित पक्राउ परेका इन्जिनियरविरुद्ध मुद्दा

काठमाडौं : कञ्चनपुर बेलौरी नगरपालिका कार्यालयका सव इन्जिनियर ह्रदयराज बजगाईँविरुद्ध मुद्दा दायर गरिएको छ ।

अख्तियारले बेलौरी नगरपालिका अन्तरगत स्लेभ कल्भर्ट निर्माण कार्य सम्पन्न भइसकेको ठेक्काको अन्तिम रनिङ बिल फारक गराउने प्रयोजनको लागि घुस लिइरहेको अवस्था पक्राउ परेका सव  इन्जिनियर बजगाईँविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिइ गएको टोलीले सव इन्जिनियर बजगाईँले सेवाग्राहीसँग ६० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार भ्रष्टाचार निवारण ऐन जरिवाना र कैद सजाय हुन मागदाबी लिइ आरोपपत्र दायर गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.