बलात्कार घटनाका दुईजना दोषी पक्राउ परे

बलात्कार घटनाका दुईजना दोषी पक्राउ परे

विराटनगर : मोरङका अलगअलग ठाउँबाट बलात्कारको घटनामा संलग्न भएर अदालतबाट दोषी ठहर दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । 

अदालतले कैद तथा जरिवानाको फैसला सुनाए पनि उनीहरु लामो समयदेखि फरार थिए । इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले बालिकामाथि गरिएको सामुहिक बलात्कारको घटनामा संलगन सुन्दरहरैंचा नगरपालिका–४ का गोम्बे तामाङलाई पक्राउ गरेको छ । 

जवरजस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङले तामाङलाई ११ वर्ष कैद सजायको फैसला सुनाएको थियो । घटनापछि फरार रहेका साविकको सुन्दरपुर गाविस–६ लाटीझोडाका तामाङलाई गाउँबाटै पक्राउ गरिएको बेलबारीका इन्सपेक्टर रामकुमार राईले जानकारी दिए । 

त्यस्तै बलात्कारको घटनामा अदालतले दोषी ठहर गरे पनि भागिरहेका मोरङको केरावारी गाउँपालिका–८ का हर्कबहादुर विश्वकर्मालाई पनि प्रहरीले पक्राउ गरेको छ । 

जरजस्ती करणी मुद्दामा अदालतले उनलाई २०७३ साल असार ५ गते दुई वर्ष ६ महिना कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । इन्सपेक्टर राईले विश्वकर्मालाई केरावारीबाटै पक्राउ गरिएको जानकारी दिए । 

पक्राउ परेका दुवै जनालाई पेस गरेपछि अदालतले कैद सजाय भुक्तानका लागि बुधबार कारागार चलान गरेको छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.