‘ढुंगेयुग–२’ को पर्खाइमा खरेल

‘ढुंगेयुग–२’ को पर्खाइमा खरेल

काठमाडौं : २०५६ सालदेखि परिवर्तन नेपालले सञ्चालन गरेका विभिन्न सडक नाटकबाट अभिनय यात्रा सुरु गरेका हुन् माधवराज खरेलले। खरेलले मानव सभ्यताको खोज विषयमा बनेको फिल्म ‘ढुंगेयुग’ मार्फत आफूलाई यो क्षेत्रमा स्थापित गराउने प्रयास गरे। यो प्रयोगवादी फिल्म भएको हुँदा प्रशंसा पनि पायो। फिल्ममा कुनै संवाद थिएन। यो नेपालको पहिलो ‘मौन चलचित्र’ को रूपमा परिचित भयो। चलचित्रको लेखन, निर्देशन खरेलले गरेका थिए। सोही चलचित्रबाट खरेलले ‘डी सिने अवार्ड २०६७’ बाट उत्कृष्ट निर्देशक (जुरी) को अवार्डसमेत जितेका थिए।

खरेल र उनको कम्पनीले चलचित्र निर्माणका साथसाथै विभिन्न सरकारी निकायसँगको समन्वयमा जानकारी एवं चेतनामूलक वृत्तचित्र निर्माण गरेको थियो। सहरी विकास तथा भवन निर्माण विभागको सहयोगमा भूकम्प प्रतिरोधी घर निर्माणसम्बन्धी चेतनामूलक वृत्तचित्र, नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि बनाइएका विभिन्न वृत्तचित्र र विज्ञापनका साथै विभिन्न संघसंस्थाबाट निर्माण गरिएका एक दर्जनभन्दा बढी वृत्तचित्रको लेखन, निर्देशन खरेलले गरेका छन्।

मानवअधिकार प्राज्ञिक समूहले निर्माण गरेको न्यायको पर्खाइमा दोरम्बा र माडी, स्वतन्त्र मानवअधिकारको संस्था डिफ्रीले मधेस आन्दोलनपछि त्यहाँको मानवअधिकारको विषयमा जानकारी दिने उद्देश्यले निर्माण गरेको मैथली भाषाको डकुमेन्ट्री फिल्म हेवे करैत भोरको निर्देशन पनि खरेलले गरेका थिए। उनले हालसम्म ढुंगेयुग, बिरानो माया, कुइँनेटो, ढुंगेयुग– २, दुर्गामाडौंजस्ता चलचित्रको लेखन र निर्देशन गरिसकेका छन्। ढुंगेयुग— २ प्रदर्शनको तयारीमा छ।

खरेलले मोडल सङ्सको आयोजनामा यूएईमा भएको प्याजेन्ट नेपाल र इनास यूएईको संयुक्त आयोजनामा भएको ‘मोडल सङ्स अवार्ड २०१८” बाट चलचित्र बिरानो मायाको लागि उत्कृष्ट निर्देशकको अवार्ड चुमेका थिए भने सन् २०१८ मै नेपालको सुदूरपश्चिमाञ्चल क्षेत्रमा घट्ने महिलासम्बन्धीका यथार्थ घटनालाई समेटेर निर्माण गरेको सर्ट फिल्म दुर्गामाडौंबाट नेपाल कल्चर एन्ड फिल्म सेन्टरले आयोजना गरेको नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट महिला चलचित्रको विधामा विभिन्न देशका चलचित्रलाई पछि पार्दै उत्कृष्ट फिल्म निर्देशक– २०१८ को अवार्ड हात पारेका थिए। यो नै खरेलको पहिलो अन्तर्राष्ट्रिय अवार्ड थियो।

खरेल भन्छन्, ‘हामीले आफूलाई फुर्सदिलो बनाउनु हुँदैन, जति सक्यो त्यति धेरै काम गर्नुपर्छ। सधैं व्यस्त राख्ने हो भने हामीभित्र भएको नकारात्मक ऊर्जा आफंै निष्क्रिय भएर जान्छ र सकारात्मक सोचको विकास हुन्छ।’ खरेल कला, साहित्य, संगीत र सञ्चार क्षेत्रमा काम त गर्छन् नै उनले पछिल्लो समयमा नेपालका शैक्षिक, चलचित्र, वृत्तचित्र एवं सांगीतिक क्षेत्रमा योगदान पु¥याएकालाई प्रोत्साहन गर्ने उद्देश्यले नेसनल पावर न्युज एजुकेसन अवार्ड, पिम नेपाल डकुमेन्ट्री फिल्म फेस्टिभल र नेसनल पावर न्युज म्युजिक अवार्डको समेत आयोजना गर्दै आएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.