शान्तिनगर गाउँपालिकामा अज्ञात समूहको ताला
दाङ : दाङको शान्तिनगर गाउँपालिकामा अज्ञात समूहले तालाबन्दी गरिदिएको छ। विप्लब नेतृत्वको नेकपाले आयोजना गरेको बन्दकै दिन शान्तिनगर गाउँपालिका र केही वडामा तालाबन्दी भएको हो।
शानिनगर गाउँपालिका कार्यालय चिराघाट, गाउँपालिकाको वडा नम्बर ३ र ४ र तुलसीपुर उपमहानगर पालिका वडा १को कार्यालयमा अज्ञान समूहले तालाबन्दी गरेको गाउँपालिकाका प्रेस सल्लाहकार निराश पाण्डेले जानकारी दिए।
गाउँपालिकामा लगाएको ताला भने स्थानीय र प्रहरीले फोडेको पाण्डेले जानकारी दिएका छन्।प्रहरीले भने ताला विप्लवका कार्यकर्ताले लगाएको हुनसक्ने अनुमान गरेको छ। गाउँपालिकामा अहिले उच्च सुरक्षा सर्तकता अपनाइएको छ।