उच्च अदालतले विप्लवका नेता पक्राउको कारण खोज्यो

उच्च अदालतले विप्लवका नेता पक्राउको कारण खोज्यो

दाङ : उच्च अदालत तुलसीपुरले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेतालाई पक्राउ गुर्नको कारणसहित उपस्थित हुन जिल्ला प्रहरी कार्यालय दाङलाई आदेश दिएको छ ।  

अदालतमा परेको बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाई गर्दै उच्च अदालतका मुख्य न्यायाधीस नहकुल सुवेदीको एकल इजलाशले पक्राउ गर्नुको कारणसहित विप्लप नेतृत्वको नेकपाका जिल्ला सदस्य प्रदीप वली, इश्वरी पाण्डे र रुद्र वलीलाई चार दिन भित्र उपस्थित गराउन आदेश दिएको हो ।

आदेशमा निवेदकको माग बमोजिम पक्राउ गर्नुपर्ने, बन्दीलाई थुनामुक्त गर्नु नपर्ने लिखित जानकारीसहित बन्दीलाई फागुन २६ गते १० बजे भित्र उच्च अदालत तुलसीपुरमा उपस्थित बनाउनु पर्ने उल्लेख छ ।

बन्दीको तर्फबाट रमिता वलीले दिएको बन्दीप्रत्यक्षीकरण मुद्दामा निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता वामदेश शर्मा, विष्णुमणी धिताल, रामशरण चौधरी र पुष्कार भण्डारीले बहस गरेका थिए । 

निवेदकको तर्फबाट जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय तुलसीपुरलाई विपक्षी बनाइएको छ । तीनैजनालाई  सोमबार तुलसीपुरको एक कार्यक्रमस्थलबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासदमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.