शैक्षिक परामर्शमा ५० लाख माथि मात्रै विदेशी लगानी

शैक्षिक परामर्शमा ५० लाख माथि मात्रै विदेशी लगानी

काठमाडौं : नेपालमा शैक्षिक परामर्श सेवा सञ्चालनका लागि सहकार्य गर्न चाहने विदेशी साझेदारले न्युनतम ५० लाख रुपैंया लगानी गर्नुपर्ने भएको छ ।

उद्योग मन्त्रालयले संघीय प्रतिनिधिसभामा पेश गरेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा यस्तो उल्लेख छ ।

विदेशी लगानी खुला नगरिएका उद्योग वा व्यवसाय सम्बन्धी व्यवस्था अन्तर्गत विधेयकको अनुसूचीमा ‘नेपाल सरकारले तोकेभन्दा कम लगानी भएका शैक्षिक परामर्श सेवा दिने संस्था तथा व्यवसाय’ भनी तोकिएको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी ऐन २०४९ मा न्युनतम ५० हजार अमेरिकी डलरलाई मात्र विदेशी लगानीको रुपमा भित्र्याउन सकिने व्यवस्था थियो । सोही व्यवस्थालाई अहिले संसदमा पेश भएको विधेयकले पनि निरन्तरता दिएको हो ।

पछिल्लो समय शैक्षिक परामर्श व्यवसायमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआइ) ल्याउने कि नल्याउने भन्ने विषयमा परामर्श व्यवसायीहरु विभाजित थिए । विधेयकको व्यवस्था अनुसार ५० हजार डलर (५० लाख रुपैंया) लगानी नभएका विदेशी परामर्श व्यवसायीहरुले नेपालमा सेवा दिन नसक्ने देखिएका छन् । विदेशी लगानीको न्युनतम सीमा तोकिए पनि विदेशी अधिकतम सीमा भने नतोकिने विधेयकको दफा १३ मा स्पष्ट व्यवस्था छ । संसदले पारित गरेर राष्ट्रपतिले प्रमाणिकरण गरेपछि मात्र विधयेकले ऐनको मान्यता पाउँछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.