‘पुर्ख्यौली घर’ बन्यो महोत्सवको आकर्षण

‘पुर्ख्यौली घर’ बन्यो महोत्सवको आकर्षण

बेसीसहर : बाँसको बारबेर, खरको छाना। कमेरो र रातोमाटोले लिपेको चिटिक्कको घर। आदिवासी जनजातिको पहिचान झल्किने पुख्र्यौली घर बेसीसहरमा जारी छैटौं महोत्सवमा दर्शकको रोजाइमा परेका छन्।

आधुनिक र सुविधासम्पन्न घर निर्माण हुन थालेपछि पछिल्लो समय परम्परागत र पुख्र्याैली घरहरू लोप हुने अवस्थामा छन्। नयाँ पुस्ता आफ्नो पुख्र्यौली घरको बनावटप्रति प्रायः अनभिज्ञजस्तै छन्। कला, संस्कृति र पहिचान झल्किने परम्परागत घर हेर्न दर्शकको घुइँचो लाग्ने गरेको छ। ‘हाम्रा पूर्खाको घर यस्तो पो रहेछ’, बेसीसहरकी सुष्मा गुरुङले भनिन्, ‘सहरमा जन्मेहुर्केका हामीलाई नौलो र रमाइलो लाग्यो।’ महोत्सवस्थलभित्र गुरुङ, मगर, नेवार, तामाङ, ह्योल्मो, कुमाल र चेपाङ जातिको संस्कृति र पहिचान झल्किने घर बनाइएको छ। यहाँ उनीहरूले प्रयोग गर्ने सामग्री, खानेकुरा तथा सांस्कृतिक सामग्री राखिएका छन्।

परम्परागत शैलीमा बनाइएका घरमा तस्बिर र सेल्फी खिच्नेको भीड छ। कोही घरभित्रकै पौराणिक सामग्रीसँग सेल्फी लिन्छन्। कोही घरबाहिरबाटै लिने गर्छन्। एक्लै, साथीसंगी, परिवारसँग आएकाहरू उक्त पौराणिक घर हेरेर रमाउने गरेका छन्। लमजुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रामकुमार श्रेष्ठले भने, ‘पूर्खाले प्रयोग गरेका मौलिक सामग्री र पहिचान देखेर दर्शक दंग छन्।’

छोटो समयमा दुरुस्तै घर बनेका छन्। घुमाउने घरमा गुरुङ संग्रहालय राखिएको छ। कुमालको पनि घुमाउने घर नै छ। नेवारको दुईतले घर रातोमाटो र कमेरोले चिटिक्क छ। ह्योल्मो संग्रहालयमा त गुम्बा नै बनाइएको छ। स्याउलाले बारेको चेपाङ घरमा गिठा र भ्याकुर राखिएका छन्। ‘जनजातिको कलासंस्कृति र परम्परागत खानाको प्रचार र प्रवद्र्धन गर्ने हाम्रो उद्देश्य हो’, महोत्सव मूल आयोजक समितिका संयोजक राजेश थापाले भने, ‘महोत्सवबाट समाजबाट लोप हुनै लागेका परम्परागत घरबारे नयाँ पुस्ताले जान्न बुझ्न पाएका छन्।’

आधुनिक र सुविधासम्पन्न घर निर्माण हुन थालेपछि पछिल्लो समय परम्परागत र पुर्ख्यौली घरहरू लोप हुने अवस्थामा छन्।

‘स्थानीय उत्पादन, संस्कृति तथा पर्यटनः नागरिक समृद्धिका लागि लगानीमैत्री वातावरण’ भन्ने नाराका साथ फागुन १९ गतेबाट सुरु भएको महोत्सव २९ सम्म सञ्चालन हुनेछ। जिल्लामै उद्यमी बनाइ आर्थिक विकासमा टेवा पुर्‍याउन महोत्सव सञ्चालन गरिएको आयोजक लमजुङ उद्योग वाणिज्य संघका महासचिव कृष्णजंग गुरुङले जानकारी दिए। महोत्सवले साना तथा मझौला उद्योग स्थापनामा जोड दिई युवा जनशक्ति बिदेसिनबाट रोक्ने उनले बताए।

दुई सय ५० स्टल

महोत्सवमा १० होटल तथा रेस्टुरेन्ट, ४० वटा कृषि, घरेलु सामग्रीसहित दुई सय ५० स्टल छन्। संघका तृतीय उपाध्यक्ष अशोक अधिकारीका अनुसार महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। महोत्सव अवधिभर २० करोडको कारोबार हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.