टिपरको ठक्‍करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्‍करबाट मोटरसाइकल चालकको मृत्यु

गाईघाट : उदयपुरको उदयपुरगढी गाउँपालिका ७ घुम्तिमा शनिबार बिहान टिपरको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको छ। मोटरसाइकलमा सवार अर्का एक व्यक्ति घाइते भएका छन्। 

मदन भण्डारी लोकमार्ग निर्माणमा प्रयोग भएको ना १ क ८३४७ नम्बर टिपरले बा ९३ प ९४३२ नम्बरको मोटरसाईललाई ठक्कर दिँदा मोटरसाईलमा सवार उदयपुरगढी गाउँपालिका ७ का ४८ वर्षीय बलबहादुर मगरको ज्यान गएको हो। 

दुर्घटनामा मोटरसाइकलमा सवार वलबहादुरका छोरा २५ वर्षीय सुजन मगर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चन्द्रदेव राईले बताए। घाइतेलाई उपचारका लागि बिराटनगर पठाइएको छ। 

नेपालटारबाट गाईघाट आउने क्रममा सोही दिशाबाट आउँदै गरेको टिपरले मोडमा ओभरटेक गर्न लाग्दा दुर्घटना भएको स्थानीय नानु थापाले बताइन्। मोटरसाईललाई ठक्कर दिएपछि फरार रहेका टिपर चालकको खोजी कार्य भइरहेको एसपी राईले बताए। 

टिपर र मोटरसाइल घटनास्थलमै रहेको छ। राजमार्ग निर्माणमा प्रयोग हुने सवारी साधनहरु सिकारु सहचालकले चलाउने गरेकाले दुर्घटना बढेको स्थानीयको आरोप छ। सदरमुकाम गाईघाटबाट ३५ किलोमिटर पश्चिमी क्षेत्रमा निर्माणाधीन राजमार्गमा चल्ने यातायातका साधनमा ट्राफिक निगरानी नहुँदा पनि दुर्घटना बढेको स्थानीयको भनाइ छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.