इन्धन भण्डारण नभए उडान प्रभावित

इन्धन भण्डारण नभए उडान प्रभावित

बुटवल : नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन भण्डारण उपलब्ध नगराए उडानमा समस्या आउने बताएका छन्। अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै इन्धन आपूर्ति गर्नुपर्ने भएकाले निगमका लागि जग्गा आवश्यक भएको उनले बताए।

बुटवलमा आयोजित कार्यक्रममा बोल्दै निर्देशक पौडेलले भने, ‘विमानस्थल निर्माणपछि ठूला जहाज उडान हुन्छ र त्यसका लागि इन्धन आपूर्ति विमानस्थलमै भण्डारणको व्यवस्था हुनुपर्छ।’ विमानस्थलमा अहिले भइरहेको आन्तरिक तर्फको उडानका लागि निगमले ट्यांकरमार्फत इन्धन आपूर्ति गर्दै आएको छ।

कार्यकारी निर्देशक पौडेलले पेट्रोलियम पदार्थ ढुवानीका क्रममा ट्यांकरमा देखिएको समस्या निगमको मात्रै नभएर सबैको साझा समस्या भएको बताए। उनले व्यवसायीले पनि सही परिमाणमा इन्धन पाउनु पर्ने र उपभोक्तालाई पनि सही परिमाणमा उपलब्ध गराउनु पर्ने बताउँदै यसैको सुधारका लागि लकिङ सिस्टम सुरु गरिएको जानकारी दिए।

कार्यक्रममा बोल्ने पेट्रोलियम व्यवसायीले करोडौं रुपैयाँ लगानी भएको पेट्रोलियम व्यवसायमा २.६ प्रतिशत कमिसन थोरै भएको भन्दै त्यसलाई बढाएर कम्तिमा ४ प्रतिशत पु¥याउन माग गरेका थिए। नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनका अध्यक्ष लिलेन्द्र प्रधानले लगानीअनुसार व्यवसायीले प्रतिफल पाउनुपर्ने बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.