सप्तरीमा आगलागीबाट एघार लाखको क्षति
राजविराज : बिजुलीको तार सर्ट भई शनिबार राति सप्तरीमा आगलागी भएको छ। अग्निसाइर कृष्णसवरन गाउँपालिका-२ निवासी मिश्रीलाल चौधरीको टिनको छानो भएको दुई तले घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको इलाका प्रहरी कार्यालय महुलीले जनाएको छ।
आगलागीबाट चौधरीको घरसहित चम्पीलाल चौधरी र बचकुन चौधरीको टिनको छाना भएको एक तल्ले घर र दुगोलाल चौधरीको भान्सा घर आगोले नष्ट भएको छ। घर र घरभित्र रहेका अन्नपात, लत्ता कपडा, भाँडावर्तन पूर्ण रुपले जलेर नष्ट हुँदा करिब ११ लाख मूल्य बराबरको क्षति भएको चम्पीलाल चौधरीले बताए।
आगो बारुणयन्त्रका साथै ईलाका प्रहरी कार्यालय महुली, सप्तरीबाट खटिएको प्रहरी टोली र स्थानीयवासिन्दाले राति नै नियन्त्रणमा लिएका छन्।