धरानमा डोजर आतंक, चारवटा वस्ती भू-क्षयको उच्च जोखिममा
धरान : धरान उपमहानगरपालिकाको पहाडी क्षेत्रमा भू-माफियाले जग्गा प्लटिङका लागि विनाअनुमति डोजर लगाएर पहाड फोर्न थालेका छन्। हप्ता दिनदेखि मध्यरातमा डोजर आतंक सिर्जना गरी पहाड फोरेर सम्म पार्ने काम भैरहदा समेत धरान उपमहानगरपालिकाको ध्यान त्यसतर्फ पुगेको छैन।
भुमाफिायले धरान १ को सुनसरी रेडक्रस भवनको कउत्तर र दक्षिण पटीको पहाड, केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार जाने बाटो मुनि र आदीवासी जनजाती महासंघको बहुजातीय संग्राहलयको वरिपरिका पहाड डोजर लगाएर भत्काउन थालेपछि धरानमा डोजर आतंक सुरु भएको धरान १ का वडा सदस्य विवेक प्रसाईले बताए। उनले भू-माफियाले मध्यरातमा डोजर लगाएर पहाड भत्काउन थालेपछि स्थानीयवासी त्रसित भएको बताए।
भू-माफियाँहरुले रेडक्रस चोक, पृथ्वी पथ र विजयपुरका विभिन्न पहाडहरु दोहन सुरुसँगै भूक्षयको उच्च जोखिम भएको रेडक्रस सुनसरीका सभापती उमेश थापाले बताए। उनले धरानका केही भू-माफियाको निजी स्वार्थका कारण धरानको प्राकृतिक सुन्दरतालाई समेत निमिट्यान्न पार्ने काम भैरहेकाले तत्काल बन्द गर्न माग गरेका छन्।
भू-माफियाले धरान उपमहानगरको निर्देशनलाई समेत अबज्ञा गर्दै डोजर लगाएर पहाड फोर्न थालेपछी धरानका विभिन्न चारवटा मानववस्ती भुक्षयको उच्च जोखिममा परेका छन्। हप्तादिनदेखि धरान उपमहानगरपालिकाको १ र १४ नम्बर वडाका पहाडि क्षेत्रमा भू-माफियाले मध्यरातमा डोजर लगाएर ठूला ठूला पहाडहरु फोर्न थालेपछि तीन दर्जन बढी घर बाढी पहिरोको उच्च जोखिममा परेको धरान १ का भरत सुवेदीले बताए। उनले भू-माफियाहरुले मानववस्तीका पहाडहरु रातारात डोजर लगाएर सम्म पारिँदा समेत धरान उपमहानगरपालिकाले नियन्त्रण नगरेका कारण स्थानियवासिन्दा त्रसित हुनु परेको गुनासो गरेका गरे।
धरान १ को पृथ्वी पथ र केन्द्रीय प्रविधि क्याम्पस जाने बाटोको तलतिरको पहाडमा सुनसरी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष पवनकुमार अग्रवाल र विजयपुरको पहाडमा विर्खबहादुर श्रेष्ठले डाजेर लगाएर दुई सय फिटभन्दा बढी गहिराईमा पहाड फोरेर धार्मिकस्थल विजयपुर क्षेत्र जाने बाटो नै अबरुद्ध पारेका छन्।
डोजर लगाएर पहाड उत्खनन गरेका कारण यहाँका तीन दर्जनभन्दा बढी घर भुक्षयको उच्च जोखिममा परेको स्थानय गंगा लिम्बुले बताइन्। उनले पटकपटक पहाडमा डोजर नलगाउन आग्रह गर्दा समेत अग्रवालले दादागिरी देखाउँदै स्थानीयका घरलाई क्षति पुर्याउने गरी पहाड उत्खनन् गरेका कारण सर्बसाधारण असुरक्षित भएको बताइन्।
धरानमा जग्गाको मुल्य बढेसँगै भू-माफियाहरुले डोजर प्रयोग गरी सरकारी जग्गा र पहाड फोरर निजी जग्गा प्लटिङ गरिरहेका छन्। मापदण्ड विपरित पहाड फोरेर जग्गा प्लटिङ गर्दा समेत धरान उपमहानगरपालिकाले नियन्त्रण नगरेको भन्दै स्थानीयवासिन्दा जनप्रतिनिधिको काम कारवाहीप्रति रुष्ट बनेका छन्।
धरान १४ का वडाअध्यक्ष कृष्ण भट्टराईले विजयपुरका पहाडि क्षेत्रमा डोजर लगाएर पहाड उत्खनन् गर्ने काम नरोकिएपछि धरान उपमहानगरपालिकालाई दोषि विरुद्ध कारवाही प्रक्रिया अगाडि बढाउन पत्रचार गरेको बताइन्। आदीवासी जनजाती महासंघ सुनसरीका सल्लाहाकार डम्बर गुरुङले पहाडमा डोजर लगाएर उत्खनन् गर्ने क्रम नरोकिए करौडौ रुपैयाँमा निर्माण थालिएको बहुजातिय संग्राहलय समेत बाढी पहिरोको उच्च जोखिममा पर्ने बताए।
धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारीले पहाडि क्षेत्रमा डोजर लगाएर उत्खनन गर्नु ग्रैह कानुनी भएको बताइन्। उनले डोजर लगाएको क्षेत्रमा उपमहानगरको प्राविधिक टोलीले स्थलगत अनुगमन गरी उक्त कार्य बन्द गर्न निर्देशन दिएको बताइन्।