एउटै बोकाको मूल्य चार लाख रुपैयाँ !

एउटै बोकाको मूल्य चार लाख रुपैयाँ !

गाईघाट : सामान्यतया एउटा बोकाका मूल्य कति पर्ला ? सजिलै अनुमान गर्न सकिन्छ- २० हजार रुपैयाँदेखि बढीमा ५० हजार। तर जिल्ला स्तरीय कृषि मेला प्रर्दशनीमा ल्याइएको एउटा बोकाले धेरैको ध्यान खिच्यो जसलाई किन्न ३ लाख ५० हजार रुपैयाँ तिर्न तयार मान्छे भेटिए। तर साहुले अझ बेचेनन्।

उदयपुरको पूर्वी क्षेत्र बेलका नगरपालिकाले आयोजना गरेको तीन दिने जिल्ला स्तरीय कृषि मेला प्रर्दशनीमा यो बोको आकर्षणको केन्द्र बन्यो।

बेलका नगरपालिका २ का पाण्डव कार्कीले ‘वयरवन' जातको बोको प्रर्दशनीमा राखेका थिए। कार्की बाख्रा फर्म सञ्चालन गरेर बसेका कार्कीले उक्त बोका अस्ट्रेलियाबाट झिकाएका हुन्। जन्मिएको ३ महिनामा २ लाख ५० हजार मूल्य तिरेर उनले अस्ट्रेलियाबाट बोका झिकाएको उनले बताए।

‘व्यवसायिक रुपमा बाख्रापालन गर्न अस्ट्रेलियाबाट ३ महिनाको बच्चा २ लाख ५० हजार तिरेर झिकाएको हुँ, सस्तोमा विक्री गर्दिन', उनले भने '३ लाख ५० हजारसम्म दिने त आए तर मैले मानेको छैन्।'  बोका घरमा पालेकै ११ महिना भइसकेको बताउँदै उनले भने- '४ लाख घटिमा विक्री गर्दिनँ।'

कार्कीले व्यवसायिक रुपमा बाख्रापालन गर्न विहाडको रुपमा बोका ल्याएको बताए। वयरवन बोका प्रति केजी १ हजार ५ सय रुपैयाँले विक्री हुने गरेको उनले सुनाए। मासु खान स्वादिलो र स्वस्थ पनि रहने भएकाले यसको माग  बढेको उनको भनाई छ।

कृषकलाई व्यवसायिक र आत्मनिर्भर बनाउने उदेश्यले नगरपालिकाले विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको सहयोगमा भागलपुर दुग्ध कृषि सहकारी संस्था बेलका २ को संयोजनमा २३ गतेदेखि ३ दिने मेला आयोजना गरेको हो।

मेलामा कृषि औजारहरू पावर टेलर, मकै रोप्ने, धान काट्ने, धान रोप्ने, कुटी काट्ने मेसिन, मिनी टिलर, मकैको थ्रेसर, गाडी धुने मेसिन, कुटानी पिसानी मिल लगायतका सामग्रीहरू राखिएका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताए।

विभिन्न जातका तरकारी, विउविजन, वयरवन, जमुनापारी जातका बोका, होलिस्टियन गाई, दलहनतर्फ दाल, भटमास, मास, बोडी, चना, केराउ, मटर आदि राखिएका थिए।

फलफुलतर्फ मेवा, नरिवल, केरा, निभुवा, कागती, अम्बक आदि राखिएका थिए भने तरकारीतर्फ च्याउ, आलु, टमाटर, साग, मुला, भान्टा, काउली, बन्दा, फुलकोवी, ओल, फर्सी, सिमी, बोडी आदि प्रदर्शनीमा राखिएका थिए।  

त्यस्तै मेलामा माछा, हाँस, कुखुरा, परेवा पनि राखिएका थिए।

प्रदर्शनीमा तरकारी ब्याड्, विउ संरक्षण, करेसाबारीको नमूना पनि प्रस्तुत गरिएको थियो।  

चार लाख मूल्यको वयरवन जातको बोका। फोटो : भरत खड्का/अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.