साफ च्याम्पियनसिपको तयारी पूरा : फुटबलमय बन्यो विराटनगर

साफ च्याम्पियनसिपको तयारी पूरा : फुटबलमय बन्यो विराटनगर

विराटनगर : पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएसँगै विराटनगर फुटबलमय बनेको छ। सहिद रंगशालामा मंगलबारबाट सुरु हुने प्रतियोगितामा आयोजक नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका र मालदिभ्सको सहभागिता रहनेछ। उद्घाटन खेलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए।

‘पूर्वाधारका हिसाबले प्रतियोगिता आयोजना गर्न अन्तर्राष्ट्रिय मापदण्ड पूरा भइसकेको छ’, उनले भने। प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने तय भएको जानकारी राईले दिए। प्रतियोगितामा सहभागी हुने टिम, अफिसियलको आवास, खेल मैदानलगायतको सम्पूर्ण व्यवस्था मिलाइसकिएको प्रतियोगिता आयोजक समितिका संयोजक एवं एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले जानकारी दिए।

प्रतियोगिताको अनुमानित खर्च एक करोड ६५ लाख रुपैयाँ रहेको छ। प्रतियोगितामा सहभागी सबै विदेशी टिम आइतबार साँझसम्ममा विराटनगर आइसकेका छन्। सबै टोली सोमबारबाट अभ्यासनमा व्यस्त रहनेछन्। विराटनगरमा पहिलो पटक अन्तर्राष्ट्रिय खेलाडीको आगमनसँगै सुरक्षा व्यवस्था कडा पारिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए।

‘मदिराको बिक्री र सेवनमाथि पनि निगरानी बढाइएको छ। मदिराका कारण कुनै घटना नहोस् भन्ने उद्देश्य छ,’ एसपी केसीले भने, ‘सबै ठाउँलाई उच्च निगरानीमा राखेर चेकजाँच बढाइएको छ। अन्तर्राष्ट्रिय प्रतियोगिता भएकाले सुरक्षामा कुनै कमजोरी भएमा नेपालको छवि बिग्रनेमा हामी सचेत छौं।’ प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भुटान र बंगलादेश छन्। समूह ‘बी’ मा श्रीलंका, मालदिभ्स र भारत छन्। प्रतियोगिता चैत ८ गतेसम्म चल्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.