थैली घटाएर जग्गा पास गर्ने मालपोत अधिकृतसहित ४ विरुद्ध मुद्दा

थैली घटाएर जग्गा पास गर्ने मालपोत अधिकृतसहित ४ विरुद्ध मुद्दा

काठमाडौं : थैली कम राखेर जग्गा पास गरेको आरोपमा मालपोत कार्यालय पर्साका मालपोत अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत अधिकृत पदमप्रसाद अर्यालसहित चार जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उक्त मुद्दामा मालपोत अधिकृत अर्यालसहित रजिस्ट्रेसन फाँटका नासु दयाराम खत्री, नासु लेखनाथ भट्टराईलाई प्रतिवादी बनाइएको छ। लेखनदासको मिलोमतोमा उनीहरूले ३५ लाख मूल्य पर्ने जग्गा तीन लाखमा पास गराएका छन्।

भक्तपुर चित्तपोल ४ घरभई हाल वीरगन्ज उपमहानगरपालिका ४ विर्ताका शारदा देउजाको नाममा रहेको घर जग्गा कौशलकिशोर श्रीवास्तवलाई कम मूल्य राखी पास गरेको पाइएपछि मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता एवं सहसचिव रामेश्वर दंगालले जानकारी दिए।

लेखनदासको मिलोमतोमा वीरगन्ज ४ को कित्ता २३७ मा रहेको २ तले पक्की घरको ३ लाख मोल राखी पास गराइएको अख्तियारको अनुसन्धानबाट देखिएको छ। उक्त जग्गा पासमा तीनको लाख मूल्य तोकेर १२ हजार राजस्व मात्र तिरेको देखिन्छ। ३२ लाखको १ लाख २८ हजार राजस्व ठगी गरेको देखिएको अख्तियारले जनाएको छ।

उनीहरुविरुद्ध जनही ५२ हजार विगो माग दाबीसहित मुद्दा दायर गरिएको हो। जग्गा बिक्रीकर्ता देउजा र जग्गा खरिदकर्ता श्रीवास्तवले जग्गाको मूल्यांकन कम गराउने उद्देश्यले थैली कम राखीलिखत तयार पारी मालपोत कार्यालयको कर्मचारीको मिलेमतोमा रजिस्ट्रेसन पारित गराएको देखिन आएकोले भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदाबी गरी आरोपपत्र दायर गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.