एकै दिन प्रदेशमन्त्री ७ कार्यक्रममा !

एकै दिन प्रदेशमन्त्री ७ कार्यक्रममा !

गाईघाट : प्रदेश सरकार गठन भएको एक वर्षपछि पहिलोपटक उदयपुरको सदरमुकाम गाईघाटमा पाइला टेकेका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की मंगलबार दिनभर व्यस्त देखिए।

उनी मंगलबार ७ वटा कार्यक्रममा सहभागी भए। मुख्यमन्त्रीपछिको प्रमुख जिम्वेवारीमा रहेका उनकै मन्त्रालय अन्तर्गत प्रदेशको शान्ति सुरक्षा, कानुन निर्माण, सम्बन्ध विस्तार, सूचना प्रविधि छन्।

बिहान १० बजे सदरमुकाम गाईघाट आइपुग्ने कार्यक्रम रहे पनि पहिलो कार्यक्रम बाटोमै पर्ने इलाका प्रहरी कार्यालय सुन्दरपुर निरीक्षण पर्‍यो। मन्त्री आउने खबर पाउनसाथ बाटोमा कार्यकर्ता स्वागतसत्कारमा खटिइसकेका थिए। उनीहरूलाई पनि मन्त्रीले समय दिन भ्याए।

भेटघाट छिचोल्दा बिहानसाढे ११ बजे मात्र उनी गाईघाट बजार प्रवेश गरे। यहाँ आएपछि पहिलो कार्यक्रम नेपाल पत्रकार महासंघ उदयपुर शाखामा बन्यो। महासंघको नवनिर्मित भवनको अवलोकनसँगै प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले २० मिनेट सहभागी भए।

'समय अभावले धेरै बोल्न नसक्ने' संकेत गर्दै उनले पत्रकारको विभागीय मन्त्री पनि भएकाले 'दुई चार शब्द बोल्नमात्र आफू सहभागी भएको' बताए। उनले पत्रकार महासंघले प्रस्ताव गरेको सञ्चार डेक्स स्थापना, अतिथिगृह सहितको भवनको माथिल्लो तला निर्माण, घेराबेरा र पत्रकार क्षमता अभिवृद्धि लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

मन्तव्यपछि महासंघ कार्यालयअघि पत्रकारसँग दुई/चार फोटो समेत खिच्न भ्याए। त्यसपछि उनी सिधै जिल्ला प्रशासन कार्यालय हानिए। प्रशासन कार्यालय पुग्नासाथ मूलगेट छेउमा सेवाग्राहीलाई लक्षित गरी स्थापना गरिएको नागरिक सहायकता कक्षको शुभारम्भ गरे।

प्रशासनले सेवाग्राहीलाई सहजरुपले सेवा दिन केही महिनाअघि नागरिक सहायता केन्द्रको स्थापना गरेको थियो। केन्द्रमा सामान्य झैझगडाको मेलमिलाप गराउने, निवेदन लेख्न नसक्ने सेवाग्राहीको निवेदन लेखिदिने, हुलाक टिकट वितरण, फोटोसहितको मतदाता परिचय बनाउने, डिजिटल वडापत्र सञ्चालन गर्ने लगायतका सेवा पुर्‍याइने प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले जानकारी दिए।

त्यसलगत्तै मन्त्री कार्की प्रशासन कार्यालयभित्रै जिल्ला सुरक्षा समितिको बैठकमा सहभागी भई सुरक्षा अवस्थाबारे जानकारी लिँदै आवश्यक निर्देशन दिए। लगत्तै उनी जिल्लास्थित कार्यालय प्रमुखहरूको बैठकमा पुगे। जनचासोका विषय सहज सेवासुविधा र शान्तिसुरक्षाका विषयमा निर्देशन दिएका थिए।

बैठक सकिएपछि खानासमेत आरामले नखाई मन्त्री कार्की त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडा पुगे। साढे २ बजेतिर क्याम्पस पुगेका मन्त्री कार्कीले क्याम्पसले आयोजना गरेको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र सार्वजानिक कार्यक्रमको उद्घाटन गर्दै उक्त प्रमाणपत्र क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रकुमार बस्नेतलाई हस्तान्तरण गरे। क्याम्पसलाई प्रदेशस्तरको विश्वविद्यालय बनाउने बताए। प्रदेशका प्राथामिकतामा परेका ४ वटा क्याम्पस मध्ये त्रियुगा क्याम्पस एक रहेको उनले बताए।

क्याम्पसको कार्यक्रम सकेपछि कार्की मंगलबार आफ्नो आमा गुमाएका त्रियुगा नगरपालिकाका वडानं १२ का अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टीका नेता जयविक्रम राईको घरमा पुगी समवेदना व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.