महिला साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुआत

महिला साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुआत

विराटनगर : नेपालले पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

विराटनगरस्थित सहिद रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई ३–० गोलले हराउँदै नेपालले विजयी सुरुआत गरेको हो। जितसँगै नेपालले तीन अंक प्राप्त गरेको छ। समूह चरणको अर्को खेलमा चैत २ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

नेपालको जितमा मञ्जलीकुमारी योञ्जन, सावित्रा भण्डारी र कप्तान नीरु थापाले एकएक गोल गरे। घरेलु मैदानमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको नेपालले पहिलो हाफमा दुई र मध्यान्तरपछि एक गोल गरेको थियो।

एकपक्षीय खेलको १३ औं मिनेटमा नेपालले मञ्जलीकुमारीको गोलमार्फत अग्रता लिएको थियो। कप्तान नीरु थापाले मिलाइदिएको पासमा उनले गरेको प्रहारले गोलरक्षक संगीता मगरको हातमा लागेर जाली चुमेपछि नेपालले अग्रता लिएको थियो। भुटानी खेलाडीले स्ट्राइकर सावित्रा भण्डारीलाई मात्रै मार्क गरिरहँदा मञ्जलीकुमारीले पोस्ट प्रहारको अवसर पाएकी थिइन्।

त्यसको तीन मिनेटपछि नै भण्डारीले गोल गर्दै अग्रता दोब्बर बनाइन्। १६औं मिनेटमा दीपा राईको पासमा भण्डारीले गोल गरेकी थिइन्। तेस्रो गोल कप्तान नीरु थापाले ५५औं मिनेटमा गरिन्। सावित्राको हेडर बललाई नीरुले फिनिसिङ टच दिँदा ३–० गोलले नेपालको जित निश्चित भयो।

खेललाई नियन्त्रणमा लिएको नेपालले पाएका थुप्रै अवसरलाई भने सदुपयोग गर्न सकेन। विगतमा भुटानसँगको खेलमा भारी गोलअन्तरले विजयी हुँदै आएको नेपाली टोलीले घरेलु मैदानमा भने त्यो अन्तरलाई कायम राख्न सकेन।

खेल अवधिभर फितलो प्रदर्शन गरेको भुटानले एउटा पनि पोस्ट एट्याकको अवसर बनाउन सकेन। ८४औं मिनेटमा गेल्ली वाङ्मोले बललाई नियन्त्रणमा लिन नसक्दा भुटानले पोस्ट एट्याकको अवसर गुमाएको थियो। विपक्षी प्रदर्शन कमजोर हुँदा नेपालकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले ३७औं मिनेटमा पहिलो पटक बल छुने अवसर पाएकी थिइन्।

निरन्तर पोस्ट एट्याकको रणनीति बुनेको नेपालकी सावित्रा ४२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्नबाट चुकिन्। वान भर्सेस वानको स्थितिमा उनको प्रहार सीधै भुटानी गोलरक्षकको हातमा पुगेको थियो।

५७औं मिनेटमा मञ्जलीकुमारीको पासमा नीरुको हेडर बल बायाँ बार हुँदै बाहिरियो। ६८औं मिनेटमा २५ यार्ड टाढाबाट सावित्राले गरेको प्रहारमा पनि भुटानी गोलरक्षक बाधक बनिन्। ७२औं मिनेटमा अनिता बस्नेतको फ्रिकिक गोलरक्षककै हातमा पुग्यो। ८२औं मिनेटमा सरु लिम्बूको प्रहारले पनि विपक्षी बार भत्काउन सकेन।

नौ वर्षअघिबाट सुरु भएको साफ महिला च्याम्पियनसिपको पाँचौं संस्करणको पहिलो खेल सकिँदा नेपाल र भुटानको यो तेस्रो भेट हो। यस अघिका दुवै खेलमा सानदार जित हात पारेको नेपाल भुटानमाथि तेस्रो भेटमा पनि हाबी भयो।

पाकिस्तानमा सम्पन्न तेस्रो साफ च्याम्पियनसिपमा भुटानमाथि नेपालले ८–० को फराकिलो जित निकालेको थियो। नेपालको फराकिलो जितमा अनु लामा, दीपा अधिकारी, सजना रानाले समान दुई गोल गरेका थिए। त्यसैगरी सावित्रा भण्डारी र मेनुका गिरीले समान एक गोल गरेका थिए।

भारतमा सम्पन्न चौथो साफमा पनि नेपालले भुटानमाथि ८–० गोलअन्तरकै नतिजा निकालेको थियो। नेपालको जितमा सावित्रा भण्डारी एक्लैले ६ गोल गरेकी थिइन्। त्यसैगरी शर्मिला थापा र कृष्णा खत्रीले एकएक गोल गरेका थिए। पहिलो र दोस्रो साफ महिला च्याम्पियनसिपमा भने नेपाल र भुटानको भेट भएको थिएन।

भुटानका मुख्य प्रशिक्षक सङजाइ लिले मैदान नयाँ भएको र गर्मीले खेलाडी थाकेका कारण हार बेहोर्नु परेको बताए। ‘नेपाल बलियो टोली भएकाले पनि हामीलाई पराजयको नतिजा हात लाग्यो,’ उनले भने, ‘नेपाल आएर व्यवस्थित रूपमा सोमबार अभ्यास गर्न नपाउनु पनि हाम्रा लागि दुर्भाग्यपूर्ण बन्यो।’ उनले होटेलदेखि मैदानसम्मको व्यवस्थापन चित्तबुझ्दो नभएको गुनासो गरे।

नेपालका प्रशिक्षक हरि खड्काले खेलाडीले उत्कृष्ट प्रदर्शन गरे पनि गोल गर्न नसक्दा अन्तर बढाउन नसकिएको बताए। गर्मी भएर पनि खेलाडीले थकान महसुस गरेको उनले बताए। ‘जस्तो टिम त्यस्तै खेल हुन्छ,’ उनले भने, ‘समूह चरणमा गोलअन्तरले फरक पार्ने भएका कारण पनि आगामी दिनमा त्यसमा ध्यान दिइनेछ।’

बुधबार समूह ‘बी’ मा रहेका मालदिभ्स र भारतबीच प्रतिस्पर्धा हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.