विषादी र जैविक मलमा मिसावट गर्ने उद्योगको गोदाममा सिल (फोटो फिचर)

विषादी र जैविक मलमा मिसावट गर्ने उद्योगको गोदाममा सिल (फोटो फिचर)

वीरगन्ज : वीरगन्जको छपकैयामा बालीनालीमा छर्किने किटनाषक विषादी र जैविक मल, उत्पादन गर्ने उद्योगको गोदाममा स्थानीय प्रशासनले सिल गरेको छ।

म्याज गुज्रिसकेका विषादी र जैविक मलमा उत्पादनको नयाँ मिति राखेर प्याकिङ गरिरहेको भेटिएको छ। विषादीमा पानी र मलमा बालुवा मिसावट गरेको पाइएपछि सिल गरिएको हो। किसान एग्रो केमिकल्सकै गोदाममा मंगलबार जिल्ला प्रशासन कार्यालयको टोलीले छापा मारेर सिल गरेको हो।

वीरगन्ज महानगरपालिका—२४ रामगढवामा श्याम तुल्स्यानको किसान एग्रो केमिकल्स सञ्चालनमा छ। तर उद्योगको गोदाम भने वीरगन्ज महानगरपालिका–४ छपकैयामा छ। जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत उज्वलबहादुर बस्नेतको नेतृत्वमा सुरक्षाकर्मीसहित पुगेको अनुगमन टोलीले गोदाममा छापामार्दा गुणस्तरहीन विषादी र जैविक मल भेटिएको थियो।

अनुगमन टोलीमा उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जका निमित्त प्रमुख ओमनारायण शर्मा, पर्साका प्रहरी उपरीक्षक रेवती ढकाल, प्रहरी नायव उपरीक्षक मानबहादुर राई, कृषि ज्ञान सेवा केन्द्र पर्साका बाली संरक्षण अधिकृत शम्सुल हक, नापतौल तथा गुणस्तर विभाग, औषधि व्यवस्था विभाग र आन्तरिक राजस्व कार्यालयका कर्मचारीलगायत सहभागी थिए।

अनुगमनका क्रममा गोदाममा म्याद गुज्रिसकेका विषादी र जैविक मल, सद्दे विषादी र जैविक मलमा मिसाएर नयाँ उत्पादन मितिको लेबल राखेर प्याकिङ गरिएको पाइएको थियो। यस्तै म्याद गुज्रिएका विषादी र जैविक मलको प्याकेट र सिसिमा नयाँ उत्पादनको मिति लेखिएको पाइएको अनुगमनमा सहभागी जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत बस्नेतले जानकारी दिए।

गोदाममा कार्यरत मजदुरले पनि मास्क, पन्जा र चश्मा नलगाइ असुरक्षित तवारले काम गरिरहेको, गोदामाम अव्यवस्थित तरिकाले विषादी र मल राखिएको अवस्थामा फेलापरेको पनि अधिकृत बस्नेतले जानकारी दिए।। यसका साथै किसान एग्रो केमिकल्स उद्योग, वीरगन्ज २४ रामगढवामा सञ्चालनमा रहे पनि सञ्चालकले विषादी व्यवस्थापन केन्द्र र उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालयबाट प्याकिङ र बिक्रीवितरणका लागि इजाजतपत्र नलिइकन छपकैयाको गोदाममै अनाधिकृतरूपमा प्याकिङ र बिक्रीवितरण गरिरहेको पाइएको छ। उद्योगका सञ्चालकले राजस्व छली पनि गर्दै आएको आशंका अनुगमन टोलीको छ।

अनुगमनका क्रममा आन्तरिक रावजस्व कार्यालयका कर्मचारीले उद्योगको गोदामा रहेको कारोबारको हिसाबकिताब इन्ट्री गरेर राखिएको कम्युटर खोलेर देखाउन आग्रह गर्दा उद्योगका सञ्चालक श्याम तुल्स्यानले भने कम्युटर चलाउने कर्मचारी नआएको बहाना बनाएपछि उद्योगले राजस्व छली पनि गरेको आशंका अनुगमन टोलीको छ।

अनुगमन टोलीले गोदाममा भण्डारण गरेर राखिएका किटनाशक विषादी र जैवीक मलका १० थान नमुना लिएर गएको छ। उद्योगका सञ्चालक श्याम तुल्स्यानले भने आफनै गोदाममा केही समय पहिले कार्यरत एक कर्मचारीले रिसवी साँध्न जिल्ल प्रशासन कार्यालयमा झुठा उजुरी दिएको बताए। रामगढवामा उद्योग र छपकैयामा गोदाम रहेको भन्दै उनले भने, ‘हामीले कुनै गलत काम गरेका छैनौं, काम छाडेर गएका पहिलेका लेखापालले रिसबी साँध्न यो सब झुठा उजुरी गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.