हायातको जग्गा अनुसन्धान थालियो

हायातको जग्गा अनुसन्धान थालियो

काठमाडौं : तारागाउँ विकास समितिले हायात रिजेन्सी होटल लिमिटेडलाई दिएको जग्गाको सम्बन्धमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अनुसन्धान थालेको छ ।

तारागाउँ विकास समितिको गलत निर्णयका कारण सरकारी स्वामित्वको १ सय ५० रोपनी जग्गा हायात होटलका नाममा दर्ता भएका सम्बन्धमा मन्त्रालयले उक्त जग्गा विवादका सम्बन्धमा छानबिन समिति नै गठन गरेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका उपसचिव समरबहादुर सिंह ठकुरीको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन भएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव जनकराज जोशीले जानकारी दिए ।

नापी विभागका नापी अधिकृत युवराज आचार्य, मन्त्रालयका अधिकृत केशवप्रसाद भट्टराई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकृत सदस्य रहनेछन् । समितिले ७ दिनभित्र उक्त जग्गा विवादसम्बन्धी प्रतिवदेन ७ दिनभित्र बुझाउन मन्त्रालयले समितिको समयावधि तोकेको छ ।

२०४९ सालदेखि सरकारी नामको उक्त जग्गा हायातले भोगचलन गर्दै आएको छ । त्यसबापत प्रतिरोपनी १० लाख रुपैयाँका दरले सेयर कायम गरिएको थियो ।

पशुपति क्षेत्र विकास कोषअन्तर्गतको १८ रोपनी पनि हायातले चर्चेको छ । कोषको जग्गा प्रयोगबापत पशुपतिनाथलाई प्रतिरोपनी मासिक १ सय ५२ रुपैयाँ भाडा (कुत) तिर्छ । त्यसबापत कोषले वर्षको ३२ हजार आठ सय ६५ रूपैयाँ मात्र पाउँछ । तारा गाउँ विकास समिति यसको मोही पनि छ । होटल ४५ रोपनी जग्गामा छ । होटलले अमालकोट कचहरी मातहतको गुठी जग्गा २०४९ सालदेखि प्रयोग गर्दै आएको हो ।

आनामा हिसाब गर्दा मासिक नौ रूपैयाँ ५० पैसा हुन आउँछ । होटलले करिब १८ रोपनीको ९ वटा कित्ताको गुठीजग्गा प्रयोग गरेबापत ३२ हजार ८ सय ६५ रुपैयाँ तिर्दै आएको हो । होटलले तिर्ने यो कुतबाली २०६८ सालसम्म तिर्दै आएको रकममा ५० गुणा वृद्धि गरिएको कोषका कर्मचारी बताउँछन् । कोषले एक रोपनी जग्गाको एक मुरी (२० पाथी) धान तिर्ने गरीको कुतबाली निर्धारण गरेको छ, जसबापत कोषले एक मुरीको करिब दुई हजार रूपैयाँ तिर्नुपर्ने भनी निर्धारण गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन सदस्यीय अनुसन्धान टोली बनाएर विस्तृत अनुसन्धान गरिरहेको छ । दिगो विकास तथा सुशासन समितिको बैठकमा अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले तारा गाउँको विषय विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएका थिए । हायात जग्गा विवादमाथि संसद्को अन्तर्राष्ट्रिय समितिले छानबिन गरिरहेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.