भरतपुरको वडा कार्यालयमा सिलिण्डर विस्फोट गराई आगजनी

भरतपुरको वडा कार्यालयमा  सिलिण्डर विस्फोट गराई आगजनी

चितवन : भरतपुर महानगरपालिका–५ को वडा कार्यालयमा ग्यास सिलिण्डर फिस्फोट भएको छ । शान्ति चोकमा रहेको वडा नम्बर पाँचको कार्यालयमा मध्यरात सबा १२ बजे अज्ञात समूहले खाना पकाउने एलपी ग्यासको सिलिण्डर विस्फोट गराएको प्रहरीले जनाएको छ ।

 विस्फोटबाट कार्यालयको भवन क्षतिग्रस्त भएको छ । कार्यालयका महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन् । विस्फोट गराएको आशंकामा प्रहरीले राति नै ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको चितवन प्रहरी प्रमुख एसपी सुशिलसिंह राठौरले बताए  ।

 राठौरकाअनुसार कार्यालयका कागजपत्र, टायरमाथि ग्यास सिलिण्डर राखेर अगो लगाउँदा विस्फोट भएको हो । सोही विस्फोटका कारण कार्यालयमा आगजनी भएको थियो।
घटनालगत्तै महानगरको दमकल, सुरक्षाकर्र्मी घटनास्थल पुगेर आगो नियन्त्रण गरेका थिए । प्रहरीले घटना विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले गराएको अनुमान गरेको छ । विस्फोटका कारण स्थानीय त्रसित बनेका थिए ।

स्थानीय तहको निर्वाचनका बेला सोही कार्यालयमा सुतली बम विस्फोट गराइएको थियो । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जिल्लाको सुरक्षा शतर्कता कडा बनाएको बताए । उनले भारतसँगको सीमाक्षेत्र र जिल्लाभर सुरक्षालाई कडा पारेको जानकारी दिए । विस्फोट गराउनेको खोजी कार्य तीब्र बनाइएका छिट्टै दोषीको पह्चिान हुने प्रहरीले दाबी गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.