निजामतीको समायोजन सकियो

निजामतीको समायोजन सकियो

काठमाडौं : कर्मचारी समायोजन अन्तिम चरणमा पुगेको छ। निजामती सेवाका सबै कर्मचारीको समायोजन सकिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी समायोजन तथा संगठन विभाग प्रमुख केदार पनेरुले ५९ हजार ७ जनाको समायोजन भएको जानकारी दिए। ‘निजामतीको समायोजन सकियो’, उनले भने, ‘अब स्वास्थ्य सेवाको मात्र बाँकी छ।’

उनका अनुसार संघमा ३८ हजार ५ सय ९ जनाको समायोजन भएको छ। प्रदेशमा ९ हजार ५ सय ६२ र स्थानीय तहमा ९ हजार ४ सय ५९ कर्मचारीको समायोजन भएको छ। १ हजार ४ सय ७७ कर्मचारी अतिरिक्त समूहमा छन्। उनले समायोजन लगभग सकिएको बताए।

कर्मचारी किताबखानाको विवरणका आधारमा स्वास्थ्य सेवाबाहेक ६२ हजार निजामती कर्मचारी छन्। यीमध्ये केहीको अवकास भइरहेको छ। केही अध्ययन बिदामा छन्। केही कर्मचारीको मृत्यु भइसकेको छ। स्वास्थ सेवाका २७ हजार कर्मचारीको समायोजन हुन बाँकी छ। पनेरुले स्वास्थ्य सेवाको समायोजन पनि छिट्टै सकिने बताए।

सम्बन्धित मन्त्रालयले कर्मचारी पदस्थापना पनि गरिरहेका छन्। पदस्थापनाको २१ दिनभित्र कर्मचारी समायोजन भएको कार्यालयमा हाजिर भइसक्नु पर्नेछ। निजामतीका करिब ८९ हजार, स्थानीय तहका १७ हजार र अन्य सेवाका २ हजार गरी १ लाख ८ हजार कर्मचारी कार्यरत छन्।

सरकारले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ गरी १ लाख ३८ हजार १ सय ७८ कर्मचारीको दरबन्दी कायम गरेको छ। समायोजनपछि नपुगे कर्मचारीको लोकसेवा आयोगमार्फत विज्ञापन गरी पूर्ति गर्ने तयारी सरकारको छ। कर्मचारी अभावमा प्रदेश र स्थानीय तहमा प्रभावकारी काम हुन सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.