रामचन्द्रको आरोप : प्रधानमन्त्रीको अभिव्यक्ति ढाकछोप गर्ने प्रपञ्‍च

रामचन्द्रको आरोप : प्रधानमन्त्रीको अभिव्यक्ति ढाकछोप गर्ने प्रपञ्‍च

अर्घाखाँची : पर्यटकीय स्थल नरपानीमा वीपी स्मृति पार्क निर्माण हुने भएको छ। निर्माण हुन थालेको पार्कको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शिलान्यास गरे। कार्यक्रममा सम्बोधन गर्दै नेता पौडेलले भ्रष्टाचारको जगमा देशमा विकास र समृद्धि हुन नसक्ने बताए। नेता पौडेलले सरकार शान्ति, विकास र सुशासन दिन पूर्णरुपमा असफल भएको बताउँदै सरकारले एक वर्षको सहज र सौहाद्रपूर्ण वातारणमा पनि केही गर्न नसकेको आरोप लगाए। 

सीके राउतसँग सरकारले गरेको सम्झौतामा जनमत संग्रहको कुरा गरेर राष्ट्रियताको बारेमा सरकार नै गम्भीर नभएको आरोप लगाउँदै उनले सरकार कति धेरै अपरिपक्व रहेछ भन्ने कुरा यहि सहमतिबाट प्रष्ट भएको जिकिर गरे। उनले भने,'सरकारले गम्भीरतापूर्वक डील गरेन, सम्झौता पत्रमा लेखिएका भाषाहरु राष्ट्रको हितमा छैनन्, यसले सरकारको गरिमा निकै कमजोर भयो।'

पौडेलले केपी ओली प्रधानमन्त्री भएर पनि उखान टुक्कामा मात्र सिमित भएको बताउँदै पौडेलले अख्तियारलाई समेत चुनौती दिने गरी आएको प्रधानमन्त्रीको अभिव्यक्ति ढाक छोप गर्ने प्रपन्च भएको आरोप लगाए। उनले छानविन आयोगभन्दा पनि ढाकछोप आयोग बनाएर पर्दा हाल्ने कामा मात्रै गरको दावी गरे। 

उनले देशमा भष्ट्राचार मैलाउँदै गएको भन्दै सुनकाण्ड, वाइडवडी खरिद प्रकरणदेखि लिएर चिनी काण्ड‍सम्म सरकार असफल भएको अरोप लगाए। नेपाल निजामती कर्मचारी युनियन संघको अगुवाइ र सन्धिखर्क नगरपालिका-६ को विशेष सक्रियतामा वीपी स्मृति पार्कको निर्माण हुन थालेको हो।

नरपानीमा बन्ने वीपी स्मृति पार्कको निर्माणका लागि झण्डै सात करोडको डीपीआर तयार भएको नेपाल निजामती कर्मचारी युनियन संघका जिल्ला अध्यक्ष शेसकान्त घिमिरेले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.