साफ महिला फुटबल : २७ मिनेटभित्र माल्दिभ्सविरुद्ध भारतको चार गोल

साफ महिला फुटबल : २७ मिनेटभित्र माल्दिभ्सविरुद्ध भारतको चार गोल

विराटनगर : मं‌गलबारदेखि विराटनगरको सहिद रंगशालामा सुरु साफ महिला च्याम्पियन्सिप फुटबल प्रतियोगितको दोस्रो दिनको खेलमा २७ मिनेट भित्र भारतले माल्दिभ्सविरुद्ध चार गोलको अग्रता बनाएको छ । 

भारतले सुरुमै आक्रमक प्रदर्शन गर्दै २७ मिनेटमित्र चार गोलको अग्रता बनाउन सफल भएको हो । भारतका लागि पहिलो गोल खेलको आठौँ मिनेटमा ग्रासेई दाङ्गमैईले गरेकी हुन् । 

पहलो गोल गरेको पाँच मिनेट नबित्दै भारतका लागि स्विटी देवीले अर्को गोल थप्दै अग्रता २-० मा पुर्‍याइन् । त्यसपछि भारतका लागि खेलको २३ मिनेटमा इन्दुमतिले गोल गर्दै अग्रता ३-० मा पुर्‍याएकी छन् । 

त्यसपछि खेलको २७ औँ मिनेटमा सञ्जुले अर्को व्यक्तिगत गोल थप्दै ४-० को अग्रता दिलाएकी हुन् । 

महिला साफ च्याम्पियन्सिपमा भारत चार पटकको च्याम्पियन हो । यो पटक नेपाली चेलीहरुको टिमलाई पनि उपाधि दाबेदार मानिएको हो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.