सईसँग बनारसको नक्कली प्रमाण पत्र
काठमाडौं : महानगरीय प्रहरी परिसर, जावलाखेलका प्रहरी नायव निरीक्षक प्रकाशचन्द्र घिमिरेले भारतको बनारसबाट नक्कली शैक्षिक प्रमाणपत्र लिएको खुलेको छ । उनले भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएको खुलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवश्यक छानबिन गरेर विशेष अदालतमा मुद्दा चलाएको छ।
प्रहरी सेवामा प्रवेश गर्ने क्रममा घिमिरेले भारतमा बनाइएको नक्कली प्रमाण पत्र पेस गरेको पाइएपछि अख्तियार मुद्दा दायर गरेको हो ।
उनले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, बाराणसीबाट प्राप्त इन्टरमिडियट तह (आईए) को नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरी सेवा प्रवेश गरेको पाइएको हो ।
सई घिमिरेविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिमको सजाय हुन माग दाबी लिई बुधबार विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको हो ।