युरोपियन च्याम्पियन्स लिग फुटबल : बार्सिलोना र लिभरपुल क्वार्टरफाइनलमा

युरोपियन च्याम्पियन्स लिग फुटबल : बार्सिलोना र लिभरपुल क्वार्टरफाइनलमा

बार्सिलोना : स्पेनिस क्लब बार्सिलोना र इङ्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पुगेका छन् । उक्त नतिजासँगै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्ने आठवटै टोलीको टुंगो पनि लागेको छ ।

बार्सिलोनाले बिहीबार बिहान घरेलु मैदानमा खेलिएको प्रिक्वार्टरफाइनलको दोस्रो लेग खेलमा फ्रान्सेली प्रतिद्वन्द्वी लियोनलाई ५—१ गोलले हरायो । सोही कुल गोल भिन्नताका आधारमा बार्सिलोना अगाडि बढेको हो । यसअघि लियोनको घरेलु मैदानमा खेलिएको पहिलो लेग खेल गोलरहित बराबरीमा सकिएको थियो ।

लिभरपुल भने प्रिक्वार्टरफाइनलको दोस्रो लेग खेलमा बलियो जर्मन प्रतिद्वन्द्वी बायर्न म्युनिखलाई उसैको घरेलु मैदानमा ३—१ ले हराउँदै सोही कुल गोल भिन्नताका आधारमा अगाडि बढेको हो । यसअघि लिभरपुलको घरेलु मैदानमा खेलिएको पहिलो लेग खेल गोलरहित बराबरीमा सकिएको थियो ।

लियोनविरुद्धको खेलमा बार्सिलोनाका लागि अर्जेन्टिनी स्टार लियोनल मेसीले दुई गोलको योगदान गरेका थिए । खेल सुरु भएको १८औं मिनेटमै मेसीले पेनाल्टीमार्फत पहिलो गोल गरे । ३१औं मिनेटमा फिलिप कोउटिन्होले टोलीको अग्रता दोब्बर बनाए । उनले लुइस स्वारेजको पासमा गोल गरेका हुन् ।

यसैगरी ५८औं मिनेटमा लियोनका लुकास टुसार्टले जवाफी गोल फर्काए । ७८औं मिनेटमा मेसीले व्यक्तिगत रुपमा दोस्रो गोल थपे । ८१औं मिनेटमा जेरार्ड पीकेले बार्सिलोनालाई ४—१ को बलियो स्थितिमा पुर्‍याए ।

निर्धारित समयको खेल सकिनुभन्दा चार मिनेटअघि ओसमेन डेम्बेलले बार्सिलोनाका लागि पाँचौं गोल गरेका थिए । आफैले दुई गोल गरेका मेसीले थप दुई गोलका लागि पास पनि उपलब्ध गराएका थिए । बार्सिलोना कीर्तिमानी रुपमा लगातार १२औं पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको हो ।

च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेल तालिका शुक्रबार राति सार्वजनिक गरिने छ । लिभरपुल यो सिजन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्ने चौथो इङ्लिस क्लब बनेको छ । इङ्लिस क्लब म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र टोट्टनहाम यसअघि नै क्वार्टरफाइनलमा पुगिसकेका छन् । यसदेखि बाहेक इटालियन क्लब युभेन्ट्स, डच क्लब आयाक्स र पोर्चुगिज क्लब एफसी पोर्टो पनि क्वार्टरफाइनलमा पुगेका छन् ।

घरेलु मैदानमा खेलिएको च्याम्पियन्स लिगको पछिल्ला ३० खेलमा बार्सिलोना अपराजित रहँदै आएको छ । तिमध्ये २७ खेल बार्सिलोनाले जितेको छ भने तीन खेल बराबरीमा सकिएको छ । च्याम्पियन्स लिगमा यो सबैभन्दा लामो अपराजित यात्रा हो ।

यसैगरी बायर्न म्युनिखविरुद्धको खेलमा लिभरपुलका लागि साडियो मानेले दुई गोलको योगदान गरेका थिए । खेल सुरु भएको २६औं मिनेटमा पहिलो गोल गरेका मानेले ८४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपेका थिए ।

लिभरपुलका लागि अर्को एक गोल भने ६९औं मिनेटमा भिर्जिल भान जिकले गरेका थिए । खेलको ३९औं मिनेटमा लिभरपुलका जोल माटिपबाट एउटा आत्मघाति गोल भएको थियो । लिभरपुल लगातार दोस्रो पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको हो । सन् २०१०/११ सिजनपछि पहिलो पटक बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्न असफल बनेको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.