कटारीमा फेला परेको बम निष्कृय

कटारीमा फेला परेको बम निष्कृय

गाईघाट : उदयपुरको कटारी नगरपालिका-२ देवीधापमा बिहीबार फेला परेको सुतली बम नेपाली सेनाले डिस्पोज गरेको छ। सेनाको वेलसोतस्थित कालिसिद्धि इन्जिनियरिङ गणको डिस्पोजल टोलीले बम डिस्पोजल गरेको हो। 

मारुती सिमेन्ट उद्योगलाई कच्चा पर्दाथ (चुनढुंगा) सप्लाई गर्ने शिबम मल्टिपल्स प्रालिको गेटे अगाडि बम राखिएको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक ललन कुर्मीले जानकारी दिए। 
    

बम फेला परेलगत्तै प्रहरीले डिस्पोजलका लागि नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर गरी डिस्पोजल गराइएको कुर्मीले बताए। नेकपा (विप्लव) समुहले आह्वान गरेको नेपाल बन्दलाई प्रभाव पार्नेका लागि बम राखिएको हुन सक्ने बताइएको छ।

नेकपाले आह्वान गरेको बन्दको कारण उदयपुरको जनजीवन प्रभावित भएको छ। बन्दका कारण सदरमुकाम गाईघाट लगायत कटारी, वेल्टार, रामपुर, मुर्कुची लगायतका स्थानबाट संचालन हुने लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन्। ग्रामिण क्षेत्रबाट संचालन हुने सम्पूर्ण यातायात ठप्प भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.