दाङमा २५ सय हेक्टर वन अतिक्रमण

दाङमा २५ सय हेक्टर वन अतिक्रमण

दाङ : बबई गाउँपालिका–१ (साविक पुरन्धारा गाविस ९) स्थित राष्ट्रिय वन क्षेत्र लामो समयदेखि अतिक्रमणमा पर्दै आएको छ। राजनीतिक संक्रमणको फाइदा उठाउँदै दशकदेखि सुरु भएको अतिक्रमण रोकिएको छैन।

पुरन्धाराको हापुरेदेखि गंगटे जाने सडक आसपास राष्ट्रिय वन क्षेत्रमा घना बस्ती बसेको छ। अतिक्रमित वन क्षेत्रमा सरकारी सेवा–सुविधाबाट सञ्चालन भएका सामुदायिक विद्यालयसमेत स्थापना भएका छन्। धार्मिक संरचना भन्दै क्रिस्चियनको चर्चसमेत निर्माण भएका छन्। जंगलको बीचमा बस्ती बस्दै गएको जौवारीका हिक्मत डाँगीले बताए।

वन अतिक्रमण गरेर बनाएको घर वन कार्यालयले भत्काउँदै आएको बताएको छ। तर, अतिक्रमण भने रोकिएको छैन। दाङसहित अन्य पहाडी जिल्लाबाट बसाइँ–सराइ गरेर राष्ट्रिय वनमा बस्ती बसालेका नागरिकले खनजोत मात्रै गरेका छैनन् ठुल्ठूला रूखसमेत कटान गरिरहेका छन्। जंगललाई मासेर जोत्दै अन्न उत्पादनमा केन्द्रित रहेका त्यहाँका नागरिकले ठुल्ठूला रूख काटेर काठ अलपत्रसमेत पार्ने गरेका छन्। पुरन्धारामा मात्रै ६० हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ। जिल्लामा रहेका राष्ट्रिय वन अतिक्रमणमा परेका छन्।

बबई गाउँपालिकाको वन क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएको चर्च।

जिल्लाको वन क्षेत्र अतिक्रमण गरी मावन बस्तीदेखि विद्यालय, धार्मिक पूर्वाधार निर्माण गरिएको छ। दाङमा राष्ट्रिय वन क्षेत्रमा अहिलेसम्म २ हजार ५ सय हेक्टर वन क्षेत्र विभिन्न नाममा अतिक्रमणमा परेको वन डिभिजन कार्याल दाङले जनाएको छ। डिभिजन वन कार्यालयको ०७५÷७६ को वन तथ्यांक जिल्लाको २ सय १५ स्थानमा वन अतिक्रमण भएका छन् भने ६ हजार १० वटा घर अतिक्रमण गरी वन क्षेत्रमा निर्माण गरिएका छन्। केही स्थानमा वन अतिक्रमण गरेर ठुल्ठूला बस्तीसमेत स्थापना भएको वन डिभिजन कार्यालयले जनाएको छ। विकट भूगोल र दुर्गम क्षेत्रका वनमा अतिक्रमण बढिरहेको छ। चार स्थानमा त सेनाले समेत अतिक्रमण गरेको वन डिभिजनले बताएका छ। जिल्लाका बबई गाउँपालिका, राजपुर, गढवा, राप्ती गाउँपालिका र लमही नगरपालिका वन क्षेत्रमा बढी अतिक्रमण देखिएको छ।

राजनीतिक अस्थिरता र द्वन्द्वका समयमा फैलिएको अतिक्रमण अझै रोकिन सकेको छैन। केही त्यहाँका नागरिकले ०२८ सालदेखि नै बस्दै आएको बताएका छन्। विशेषगरी द्वन्द्वका बेला विस्थापितको नाममा जाजरकोट, सल्यान, रुकुम, रोल्पाबाट आएका व्यक्ति अतिक्रमण गरेर बसेको र राजनीतिक परिवर्तनका त्यो अवसर लिने गरेको वन डिभिजन कार्यालय दाङका प्रमुख शिव सापकोटाले बताए। उनले अतिक्रमण बढ्न नदिने विषयमा मात्रै अहिले केन्द्रित भएको बताए। यसलाई रोक्न र हटाउन पनि कठिन भएको उनको भनाइ छ।

जिल्लामा अहिले २ लाख २ हजार ९ हेकटर वन क्षेत्र छ। जसमा राष्ट्रिय वन क्षेत्र ९५ हजार ५ सय २७ हेक्टर छ भने समुदायमा हस्तान्तरण भएको वन क्षेत्र १ लाख ६ हजार २ सय ५८ हेक्टर छ। जिल्लाको तथ्यांकमा निजी वन १ सय ७० हेक्टर र धार्मिक वन १ सय १५ हेक्टर रहेको डिभिजन वन अधिकृत सापकोटाले बताए। जिल्लामा ५ सय १९ सामुदायिक वन छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.