इलामको माइपोखरीमा आगलागी, ४ घर जले

इलामको माइपोखरीमा आगलागी,  ४ घर जले

इलाम : इलामको सन्दकपुर गाउँपालिका १ र ३ मा पर्ने माइपोखरी नजिकका घरमा आगलागी भएको छ।धार्मिक तथा पर्यटकीय स्थल माइपोखरी पस्ने गेट अगाडीको घरमा लागेको आगो नियन्त्रणमा आएको छैन।  

१ बजेबाट सुरु भएको आगलागीबाट चक्र मुखियाको घर जलेको छ। उनका भाइ कमल मुखिया, लाक्पा सेर्पा र निम्दोर्जे शेर्पाको घरमा समेत आगलागी सुरु भएको स्थानीय युवराज पिसीले जानकारी दिए।

धार्मिक तथा नजिकै रहेको वनमा समेत आगलागी सुरु भइसकेको स्थानीय दिनेश सुवेदीले बताएका छन्। स्थानीय र शुरक्षाकर्मीले आगलागी नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्। 

यता इलाम नगरपालिकाको दमकल आगलागी भएको स्थानमा पुगेको इलाम नगरपालिकका प्रशासकीय अधिकृत रामकुमार शाहले बताए। इलाम सदरमुकामबाट दमकलसहित प्रहरी र नेपाली सेना घटनास्थलमा पुगेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.