नागरिकको दैलोमा प्रहरी, 'एक टोल एक घण्टा' अप्रेशन

नागरिकको दैलोमा प्रहरी, 'एक टोल एक घण्टा' अप्रेशन

चितवन : नागरिकको सहकार्यमा जिल्लाको पूर्वी क्षेत्रमा शान्ति सुरक्षाको अभियान सुरु गरिएको छ। पूर्वी चितवनको चार नगरपालिकाका टोलमा प्रहरी पुगेर एक घण्टा बस्छन्। स्थानीयसँग भलाकुसारीसँगै निगरानी गर्छन्। टोलमा देखिएका विकृति पहिचान गरेर कारवाहीका लागि प्रहरी पुग्ने गरेको हो। प्रहरीले टोलमा पुगेर नागरिकको गुनासो सुन्छन्। त्यसैअनुसार शान्ति सुरक्षाको रणनीति बनाउने गरेका छन्। 

इलाका प्रहरी कार्यालय टाडीले 'एक टोल एक घण्टा अप्रेशन' अभियान गरेको हो। हरेक टोलका लागि एक घण्टा छुट्याएर प्रहरी टोलबासीसँग छलफलमा जुट्छन्। प्रहरीसँगको गुनासो भएपनि त्यसबारे जानकारी लिन्छन्।प्रहरीको टोली टोलमा पुगेर एक घण्टाको समयमा अवैध वस्तु नियन्त्रण लिने, सुरक्षाका विषयमा सचेतना समेत दिने गर्छन्।

जिल्लाको पूर्वी क्षेत्रमा रहेका राप्ती,खैरहनी,कालिका र रत्ननगर गरी चार नगरपालिकामा अप्रेसन संचालन गरेको हो। इलाका प्रहरी कार्यालय रत्न नगरका प्रहरी नायव उपरीक्षक दयानिधी ज्ञवालीले टोलमा गरिएको सुरक्षा अभियान प्रभावकारी भएको बताए।'हामी टोलमा पुगेर त्यहाँका अवस्था बुझेर विकृति विसंगती विरुद्धको कार्यक्रम प्रभाकारी भएको छ,' उनले भने, प्रहरीकै बारेमा भएका गुनासोको पनि सुनाई गर्दा नागरिक सकारात्मक देखिएका छन्। 

अपरेशनको क्रममा एक लाख सातहजार लिटर घरेलु मदिरा बरामद गरिएको छ। ठूलो परिणामको घरेलुमदिरा प्रहरीले नष्ट गरेको छ। अप्रेशनका क्रममा शंकास्पद गतिविधिमा संलग्न १३ जनालाई पक्राउ गरिएको छ। अवैध तथा नियम विपरित प्रयोगमा आएका ११ वटा टिफर/ ट्याक्टरलाई नियन्त्रणमा लिएको छ। १४२ सावारी चालकलाई ट्राफिक कारवाही गरिएको छ। 

स्थानीय समुदायसँग सहकार्य गरी ग्रामीण क्षेत्रका वस्तिमा गरिएको अपरेशनले अपराध नियन्त्रणमा सहयोग पुगेको जिल्लाप्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुसिलसिंह राठौरले बताए।

'नागरिककै सहकार्यमा कार्यक्रम प्रभावकारी बनेको छ,' एसपी राठौरले भने,' पहिलो चरणमा एक हप्ताका लागि अपरेशन गरिएको भएपनि स्थानीय समुदायको चाँसो र माग बढेकाले यसलाई निरन्तरता दिँदै छौं।'

दैनिक ६० जना प्रहरी अप्रेशनमा खटिएका थिए। अभियानकै क्रममा प्रहरीले सचेतना अभियान समेत सञ्चालन गरेको थियो । स्थानीयले प्रहरी गाउँगाउँमा निरन्तर अभियान चलाउनुपर्ने, अबैध क्रियाकलाप रोक्न प्रहरीले थप सक्रियता बढाउन सुझाव समेत दिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.