विद्यार्थीले उठाए सेतोपुल नजिकैको फोहोर

विद्यार्थीले उठाए सेतोपुल नजिकैको फोहोर

काठमाडौं : काठमाडौं महानगरपालिकाले फोहोर नउठाएपछि मैतीदेवीस्थित सनवे कलेजका विधार्थीले सेतोपुलनजिकै थुप्रिएको फोहोर उठाएका छन्। फोहोरको दुर्गन्धले टोलबासीलाई सास्ती भएपछि आफूहरूले फोहोर उठाएको बताएका छन्।सनवे कलेजका विद्यार्थी सोम गुरुङले महानगरपालिकाले फोहोर नउठाएपछि फोहोरको दुर्गन्धले स्थानीय र सर्वसाधारणलाई सास्ती भएपछि फोहोर उठाएको बताए।

वर्षौदेखि थुप्रिएको फोहोर उठाउन महानगरले चासो नदेखाएपछि आफूहरुले फोहोर उठाएको एक विद्यार्थीले बताए। शिक्षक शिमोली गौतमको संयोजकत्वमा भएको सरसफाइ अभियानमा फोहोरलाई कुहिने र नकुहिने छुट्टाछुट्टै गरी टिपेर त्यसलाई थप व्यवस्थापनसमेत गरिएको छ।

'थुपारिएको फोहोरको दुर्गन्धले स्थानीयलाई सास्ती भएको छ। तर फोहोर उठाउने निकायले कुनै पहल पनि गर्दैन, उनले भने, 'सबै नागरिकलाई फोहोर व्यवस्थापनमा चेतना दिनका लागि हामीले फोहोर उठाएका हौं। यसरी सार्वजनिक ठाउँमा फोहोर फाल्नु हुँदैन भन्ने चेतना स्थानीयमा जागृत होस् भनेर पढाइसँगै हामीले सरसफाइको काम गर्दै आएका छौं।'

आफ्नो ठाउँ सरसफाइको जिम्मा महानगरपालिकाको मात्रै होइन, हाम्रो पनि हो,'उनले भने, 'स्वास्थ्य रहनका लागि आफैंबाट काम सुरुवात गर्नुपर्छ। यो सबैको दायित्व हो।' विद्यार्थी सोम गुरुङका अनुसार त्यहाँको सबै फोहोर जम्मा गरेपछि महानगरपालिको गाडी बोलाएर डम्पिङ साइट पठाइनेछ।

वातावरण सफा राख्ने हामी सबैको दायित्व हुने भन्दै स्नातक तह कम्पुटर साइन्स पढिरहेका विधार्थी फोहोर उठाउन लागि परेका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.