चालक र सहचालकलाई पोशाक अनिवार्य
फुङलिङ बजारको ट्याक्सीस्टेण्डमा बिहीबार एक कार्यक्रमकाबिच फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले कार्यक्रमको सुभारम्भ गरे ।
‘पोशाक लगाएसँगै अरु कपडा फोहर नहुने तथा चालक र सहचालकलाई यात्रुले चिन्न सहज हुनेछ,’ थापाले भने, ‘चालकका लागि रातो रंगको कपडाको ज्याकेट र सहचालकका लागि हरियो रंगको ज्याकेटको व्यवस्था गरिएको छ ।’ पहिलो दिन ट्राफिक प्रहरीले १५ जनालाई पोशाक प्रदान गरेको छ ।
कार्यक्रममा नगरप्रमुख प्याकुरेलले चालक र सहचालकले पोशाक लगाएमा पाथीभरा मन्दिर, कञ्चनजंघा हिमालमा आउने पर्यटक तथा तिर्थालुलाई सहज हुने बताए ।
पोशाकको प्रयोगसँगै चालक र सहचालकको व्यवहारमा परिवर्तन आउने चालक राज पौडेल बताउँछन् । ‘यसले हामीलाई थप जिम्मेवारी थपिएको बोध हुन्छ’ पौडेल भन्छन्,‘अब नियमित प्रयोग गर्छौं ।’ ताप्लेजुङ सदरमुकामदेखि पाथीभरासहित ग्रामिण भेग तथा पाँचथर, इलाम, झापा, सुनसरी लगायतका स्थानमा सवारी चल्ने गर्छन् । चालकले पोशाक, जुत्ता नलगाई र सिट बेल्ट नबाँधी सवारी चलाएको भेटिए तुरुन्तै कारवाही गरिने प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए ।