कैदीसँग घुस लिने जेलरविरुद्ध मुद्दा
काठमाडौं : जिल्ला मकवानपुर कारागार कार्यालय भीमफेदीका जेलर शाखा अधिकृत मदन अधिकारीविरुद्ध मुद्दा दायर भएको छ। कैदीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
कारागार कार्यालय, भीमफेदीमा कैदी जीवन बिताइरहेका लागूऔषध मुद्दाका कैदीसँग जेलर अधिकारीले ७५ घुस लिएको थिए। उनलाई घुस लिदालिदै पक्राउ गरिएको थियो। रकम माग गरी रकम नदिएमा अन्यत्र कारागारमा सरूवा गरिदिने भनि डर धाकधम्की देखाएर घुस लिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ।
अधिकारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए।