इलाममा आगलागीबाट १ करोड ४० लाखको क्षति

इलाममा आगलागीबाट १ करोड ४० लाखको क्षति

इलाम : इलामको सन्दकपुर गाउँपालिकाको माईपोखरी प्रवेशद्वार अगाडिको होटलमा बिहीबार भएको आगलागीबाट ५ वटा घर जलेका छन्।

दिउँसो स्थानीय चक्रदिप मुखियाको भान्साघरबाट सुरु भएको आगोले ५ वटा होटल र होटलमा भएका सर सामान जलेर पूर्ण रुपमा नष्ट हुँदा १ करोड ४० लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ।

आगलागीबाट चक्र मुखिया, निमदोर्जे शेर्पा, मिङमालमु शेर्पा, कमल मुखिया, र लाक्पा शेर्पाले संचालन गर्दै आएका काठबाट निर्माण गरिएका होटल र ती होटलमा रहेका सरसामान जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीबाट चक्रदिप मुखियाले संचालन गरेको सिम्रन होटल जलेर नष्ट हुँदा ४२ लाख बराबरको सरसामान, २० तोला सुन , १० तोला चाँदी र १० लाख नगद जलेर नष्ट भएको जनाइएको छ। यस्तै निमदोर्जे शेर्पाको पेमु होटल जलेर नष्ट हुँदा ४० लाख मुल्य बराबरको सरसामान , नगद ३ लाख र ६ तोला सुन जलेर नष्ट भएको छ। आगलागीबाट कमल मुखियाले संचालन गरेको १० लाख बराबरको सरसामान, ९ लाख २० हजार नगद , १ तोला सुन र १० तोला चाँदी जलेर नष्ट भएको छ। 

यस्तै आगलागीबाट स्थानीय लाक्पा शेर्पाले संचालन गरेको होटल जल्दा २९ लाख बढीको क्षति भएका छ भने मिङमादिकी शेर्पाको होटल जल्दा ६ लाखको सरसामान, नगद ५० हजार र २ तोला सुन जलेर नष्ट भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.