प्रदेश १ मा ५१ प्रहरी भवन बन्दै

प्रदेश १ मा ५१ प्रहरी भवन बन्दै

विराटनगर : प्रदेश १ मा ५१ वटा नयाँ प्रहरी भवन निर्माणको काम अघि बढाइएको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०७५-०७६ मा विनियोजन गरेको एक अर्ब ३० करोड रुपैयाँबाट भवन निर्माणको प्रक्रिया अघि बढाइएको हो। 

प्रदेशका १४ वटै जिल्लाका विभिन्न प्रहरी युनिटमा सुविधा सम्पन्न, प्रविधियुक्त र अत्याधुनिक भवन निर्माण हुने प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजालले बताए। ‘भवन र आवश्यक संरचना अभावमा भाडाका घर र कच्ची संरचनाबाट जनताको सुरक्षा गर्नु परिरहेको थियो,’ उनले भने, ‘त्यही भएर प्रदेशको शान्ति सुरक्षाको अवस्थालाई चुस्त बनाउन प्रहरीका लागि  सुविधा सम्पन्न भवन निर्माण थालिएको छ।’

प्रदेश सरकारको बहुवर्षीय योजना अन्तर्गत सबै भवनहरु निर्माण भइसकेपछि प्रहरीलाई तत्कालको संरचना अभावको समस्या टर्ने बताइएको छ। एउटा भवन प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा पनि बन्ने छ। प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले शिलालेख अनावरण गरी विधिवत रुपमा भवनको शिलान्यास गरे। 

सम्झौता भएको मितिले दुई वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी प्रदेश सरकारले यो भवनका लागि आर्थिक वर्ष २०७५-०७६ मा ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। १६ हजार १ सय २१ स्क्वायर फिटमा ५ तले सुविधा सम्पन्न भवन निर्माण गरिने डीआईजी रिजालले बताए। उनका अनुसार पहिलो तलामा १८ वटा कोठा भएको २ वटा कन्फरेन्स हल, सीसीटिभी सहितको प्रहरी परिचालन कक्ष रहने छ। दोस्रो तलामा ३० वटा कोठा, प्रदेश प्रहरी प्रमुखको कार्यकक्ष, मिटिङ्ग हल, महाशाखाको कार्यकक्ष रहने छ। यसै गरी तेस्रो तलामा २० वटा कोठाहरूमा महाशाखा, शाखा प्रमुखहरूको कार्यकक्ष रहनेछ भने चौथो तलामा १६ वटा कोठा र पाँचौ तलामा १३ वटा कोठाहरू रहने रिजालले बताए। 

प्रदेश सरकारले प्रदेश प्रहरीलाई १५ वटा चार पाङग्रे गाडी र २ सय मोटरसाइकल पनि प्रदान गरेको छ। मुख्यमन्त्री राईले सुरक्षा अवस्था मजवुत नभएसम्म विकास निर्माणलाई अगाडि बढाउन नसकिने बताए। ‘प्रदेश सरकारले पहिलो प्राथामिकतामा सुरक्षा र सुशासनलाई राखेको छ,’ उनले भने, ‘त्यही भएर प्रहरीका भवन निर्माणमा बजेट विनियोजन गरेर काम थालिएको छ। प्रहरीलाई सवारी साधन पनि हस्तान्तरण गरिएको छ।’ 

सुरक्षा अवस्था मजवुत नभएसम्म आम नागरिकले सुरक्षाको अनभूति गर्न नसक्ने उनले बताए। मुख्य मन्त्री राईले जनताकै सुरक्षाका लागि सरकार गम्भीर रहेको र सुरक्षामा खटिने प्रहरीलाई भौतिक रुपमा सुविधा सम्पन्न गराउँदै प्रविधियुक्त शान्ति सुरक्षामा जोड दिइएको बताए। 

आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले शान्ति सुरक्षाको अवस्थालाई मजवुत बनाउन सकिए मात्रै मुलुकमा समृद्धि र विकास सम्भव रहेको बताए। प्रहरी महानिरीक्षक  सर्वेन्द्र खनालले सुविधा सम्पन्न संरचना निर्माणले शान्ति सुरक्षाको अवस्था मजवुत बनाउन प्रहरीलाई ठूलो सहयोग र हौसला मिल्ने बताए। सुरक्षा पहिलो र आधारभूत सर्त रहेको बताउँदै उनले प्रहरी शान्ति सुरक्षा प्रदान गर्न कटिबद्ध भएर लागि परेको बताए। 

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.