उपभोक्ताको हितमा काम गर्ने जनप्रतिनिधिको प्रतिबद्धता

उपभोक्ताको हितमा काम गर्ने जनप्रतिनिधिको प्रतिबद्धता

बिर्तामोड : झापाका जनप्रतिनिधिसहित सरोकारवालाले उपभोक्तको हितमा हुने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्।

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा शुक्रबार झापाका सबै स्थानीयतहका उप–प्रमुख, जिल्ला समन्वय समितिका पदाधिकारी, विषयगत कार्यालयका विज्ञ, स्थानीय संस्थाका प्रमुख र उद्योगीले यस्तो प्रतिबद्धता जनाएका हुन्।

जनप्रतिनिधिले उपभोक्ताको स्वास्थ्य, आर्थिक हित कायम राख्न उपभोग्य वस्तुको सेवाको गुणस्तर, परिणाम एवम् मूल्यको अनियमितताबाट उपभोक्तालाई सुरक्षित राख्न कार्यक्रम बनाएर लाग्ने प्रतिबद्धता जनाएको जिल्ला अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले बताए।

 
झापाका १५ स्थानीय तहका उपप्रमुख, विषयगत कार्यालयका विज्ञ, उद्योगी र सरोकारवाला नियकायका प्रतिनिधिलाई समेट्दै शुक्रबार ‘उपभोक्ता अधिकार ः बजार तथा भौतिक पूर्वाधारा अनुगमन, चुनौती र समस्या समाधानका उपाय’ का विषयमा छलफल गर्दै उपभोक्तका अधिकार रक्षाका लागि साझा प्रतिबद्धता जनाएको पोर्तेलको भनाइ छ। 

जिल्ला समन्वय समिति र संवाद समूह झापाले छलफल कार्यक्रमको आयोजना गर्दै सबै स्थानीय तहका अनुगमन समितिका संयोजक रहेका उप–प्रमुखलाई सक्रिय बनाउने यो पहिलो प्रयास भएको संवाद समूह झापाका एकराज गिरीले बताए। उनका अनुसार सबैले उपभोक्ताको हितका लागि सात बुँदामा सामुहिक हस्ताक्षर गर्दै प्रतिबद्धता जनाएका हुन्। 


  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.