ल्याब टेक्निसियन २२ हजार घुससहित पक्राउ
काठमाडौं : राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका ल्याब टेक्निसियन (नायब सुब्बा) सरोज रोका पक्राउ परेका छन्।
अख्तियारको टोलीले रोकालाई मेडिकल सेन्टर सेवा विस्तार गर्ने प्रयोजनका लागि नियमानुसार गर्नुपर्ने काममा आलटाल गरी सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरेको हो।
रोकाले सेवाग्राहीसँग २२ हजार घुस लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। रोकामाथि अनुसन्धान भइरहेको उनको भनाइ छ।