पशुपतिको गीतलाई टक्कर दिन खोजेको होइन

पशुपतिको गीतलाई टक्कर दिन खोजेको होइन

काठमाडौं  : गत महिना लोकगायक पशुपति शर्माको लुट कान्छा लुट... गीतले निकै हल्लीखल्ली मच्चायो। सत्तारुढ दल नेकपाका केही नेता कार्यकर्ताले गीतका केही शब्द, दृश्यमा आपत्ती जनाउँदै विरोध गरेपछि पशुपतिले युट्यूबबाट गीत  हटाए। यस काण्डले सडकदेखि सदनसम्म तात्यो।

यसले सत्तापक्ष-प्रतिपक्षका नेता कार्यकर्ता, लेखक, विश्लेषकलाई तर्क–वितर्क गर्ने माहौल सिर्जना गरी केहीदिनका लागि रोजगार दियो। पशुपति शर्माको उक्त गीत असामान्य तरिकाले चर्चित भयो। पशुपतिलाई नचिन्नेहरुले पनि खोजीखोजी उनका गीत सुने,हेरे। 

पशुपतिको लुट कान्छा.. गीतकै सन्दर्भलाई जोडेर काशिराम बुढामगर‘झंकार’ले नयाँ गीत निकालेका छन्, लुट्नु हुन्ने देश कान्छा, लुट्नु हुन्न देश...। माओवादी जनयुद्धबाट गायककारुपमा उदाएका बुढामगर आफैंले यस गीतको रचना गरेका हुन् । यसमा संगीत पनि उनकै छ। 

उनको गीतलाई कतिपयले पशुपति शर्मालाई टक्कर दिएको भनेर चर्चा गरेका छन्। गायक बुढामगरले भने आफूले पशुपति शर्मासँग टक्कर गर्न गीत नगाएको बताए। ‘पशुपतिजीले सबैतिर लुटैलुट देख्नु भो, लुट..कान्छा लुट.. भन्नुभो । मैले देश लुट्नु हुन्न भनेर सन्देशमूलक गीत गाएको हो।’ 

पशुपति शर्माले कस्तो गीत गाउने भन्ने उहाँको इच्छाको कुरा भएकाले त्यसमा आफ्नो कुनै आपत्ति नभएको मगरको भनाइ छ। ‘कलाकार भनेको समाजको अगुवा हो, आफ्ना सिर्जनाले समाजमा कस्तो सन्देश जान्छ भन्नेबारे सचेत चाँही हुनुपर्छ’। गायक बुढामगरले तर्क गरे।

 पशुपति शर्माले पनि गीतमार्फत व्यंग्य गरेर जताततै रहेको लुटको विरोघ गरेका होइनन् र ? भन्ने प्रश्नमा उनले भने -'उहाँको गीत त्यस्तो बेठीक त होइन, नेपालमा लुट मात्रै छ, सबैतिर बर्बादीमात्रै छ, जसले सक्छौं लुट.. भन्दाखेरी नयाँ पुस्तामा देशप्रति कस्तो धारणा विकास हुन्छ ?.. यसबारे पनि सोच्ने कि भन्ने मात्रै हो’।  पशुपति शर्माको गीतमा निराशा मात्रै भएको र आफ्नोमा सन्देश पनि भएको उनले दाबी गरे। 
 

गीत/भिडियो 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.