सरकारलाई विश्वप्रकाशको चेतावनी : संविधान कुल्चन पाइन्न होसियार !

सरकारलाई विश्वप्रकाशको चेतावनी : संविधान कुल्चन पाइन्न होसियार !

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई संविधान नकुल्चन चेतावनी दिएका छन्। 

संसदमा पुगेको राष्ट्रिय सुरक्षा परिषद् विधयेकमाथि शनिबार टिप्पणी गर्दै प्रवक्ता शर्माले प्रधानमन्त्री मात्रले सेना परिचालन गर्न सकिने व्यवस्थाले ठूलो संकट निम्त्याउने भन्दै यस्तो चेतावनी दिएका हुन्। 

गम्भीर राष्ट्रिय संकट उत्पन्न भए प्रधानमन्त्रीले सीधै सेना परिचालनको सिफारिस गर्न सक्ने प्रावधान विधेयकमा छ। 

राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी प्रस्तावित विधेयकमा प्रधानमन्त्री एवं परिषद्को अध्यक्षलाई त्यस्तो अधिकार प्रत्यायोजन गरिएको हो। सुरक्षा परिषद्को अध्यक्ष स्वयम् प्रधानमन्त्री नै रहने व्यवस्था संविधानमा छ। 

‘श्री ३ बन्ने भुतलाई नियन्त्रणमा लिनोस् प्रधानमन्त्रीज्यू, अतिशक्तिले अतिभ्रस्ट बनाउँछ’, प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन्, ‘संविधानको धारा २६६ अनुरुपको राष्ट्रिय सुरक्षा परिषदले २६७ को (६) बमोजिम सिफारिस नगरी प्रधानमन्त्रीको एकल सिफारिसमा सेना परिचालन गर्न मिल्ने संसदमा प्रस्तावित विधेयक अनुचित र आपत्तिजनक छ।’

परिषद्ले राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धमा सुरक्षा निकायलगायत सरकार वा प्रदेश सरकारका विभिन्न मन्त्रालय वा निकायसँग आवश्यक सुझाव, विवरण तथा जानकारी लिन सक्नेछ। 

सेनाले मागेको विवरण तथा जानकारी उपलब्ध गराउनु सम्बन्धित मन्त्रालय र निकायको कर्तव्य हुने समेतको व्यवस्था विधेयकमा छ। 

‘प्रधानसेनापति समेतको उपस्थितिको सुरक्षा परिषदमा गम्भीर विमर्श गरेर साझा विवेक प्रयोग नगरी केवल एक व्यक्ति प्रधानमन्त्रीको आवेगमा सेना परिचालन गर्न सकिने ‘श्री ३ विधेयक’ अधिनायकवादी आकांक्षाको जगमा खडा छ। संविधान कुल्चन पाइन्न होसियार !’, प्रवक्ता शर्माले अर्को ट्विटमा लेखेका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.