भिडियोमा माया लाउन च्याङ्बा बोलाउने मैच्याङ
काठमाडौं : ‘च्याङ्ग्बा तलाई मेरो माया लाउँछ भनेत’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
दीपक शर्माले रचना गरेको गीतमा तेम्बा शेर्पा र दीपा लामाले स्वर दिएका छन्। गीतले परदेशमा रहेका प्रेमीलाई स्वदेशमा रहेकी प्रमिकाले प्रतिक्षा गरेको क्षणलाई उतारेको छ।
निराजन प्रधान र निरन्जली लामाको अभियन समेटिएको म्युजिक भिडियोको निर्देशन युवराज वाइवाले गरेका हुन्।
नरेन्द्र वियोगीले एरेन्ज गरेको गीतको छायांकन उत्सव दाहालले गरेका हुन्। विकास दाहालले सम्पादन गरेको भिडियोको कोरियोग्राफी भने मनिता गहतराजको हो।