कस्तो हुनुपर्छ सिरानी ?
मीठो निद्राका लागि नरम र आरामदायी सिरानी हुनुपर्छ। तकियाको राम्ररी हेरचाह गरिएन भने त्यो विभिन्न रोगको कारण बन्न सक्छ।
–पुरानो भएपछि सिरानी ब्याक्टेरियाको घर बन्छ। त्यसमा धुलो जम्मा हुन्छ। घरभित्र हुने धुलोमाटो तकियामा जम्न थाल्छ। घरपालुवा जनावरबाट पनि तकियामा ब्याक्टेरिया आउन सक्छन्। ती ब्याक्टेरिया सास लिँदा शरीरमा प्रवेश गर्छन्। श्वाससम्बन्धी विभिन्न रोगको कारण बन्छन्। यसबाहेक ती ब्याक्टेरियाले एलर्जीको समस्या पनि निम्त्याउँछन्।
–पुरानो सिरानीलाई लामो समयसम्म प्रयोग गरिरह्यो भने घाँटी, ढाड दुख्ने समस्या देखिन सक्छ।
–फोम भएका तकिया आरामदायी हुन्छन्। सुत्दा यस्ता तकियाले टाउको र घाँटीअनुसारको सेप लिन्छन्। गर्भवती महिलालाई पनि यस्ता तकिया प्रयोग गर्न सल्लाह दिइन्छ।
–कपाल चिसो छ भने तकियामा टाउको राख्नु हुँदैन। चिसो र फोहोर ठाउँमा ब्याक्टेरिया छिट्टै उत्पन्न हुन्छन्।
–सिरानीसँगै त्यसको खोलमा पनि ध्यान दिनुपर्छ। भित्रसम्म धुलोमाटो नपुग्ने खालको खोल हाल्नुपर्छ।