‘विप्लवको गतिविधि राजनीतिक होइन’

‘विप्लवको गतिविधि राजनीतिक होइन’

काठमाडौं : प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधि राजनीतिक नभएको बताएका छन्। शनिबार रिपोर्टर्स क्लब गरेको साक्षात्कारमा बोल्दै भट्टराईले यस्तो बताएका हुन्। 

‘विप्लवजीले गरेका गतिविधि राजनीतिक होइनन्। सरकारले आफ्नो दायित्व पूरा गरेको छ’, उनले भने, ‘संविधान विरोधी गतिविधि नियन्त्रणको लागि सरकारले कदम चालेको हो।’

‘विप्लव’को पार्टीविरुद्ध सरकारले लगाएको प्रतिबन्ध जायज भएको उनको भनाइ छ। ‘विप्लव समूहले शान्तिपूर्ण आन्दोलन तथा विरोध गरेको भए सरकारले कुनै अवरोध गर्ने थिएन,’, उनले भने। 

संविधान र कानुनविपरित क्रियाकलाप गर्ने छुट कसैलाई पनि नभएको उनले प्रष्ट पारे। 

भट्टराईले चैत्र १५ र १६ गते हुने लगानी सम्मेलन सफल हुने विश्वास व्यक्त गरेका छन्। सरकारले सम्मेलनको लागि सम्पूर्ण तयारी गरिसकेको उनको भनाइ छ। 

‘प्रस्ताव गरेकोभन्दा बढी नै लगानीको प्रतिबद्धता आउने विश्वास छ। अहिले ३० खर्बको परियोजना प्रस्तुत गरिएको छ’, उनले भने, ‘हेरौं, त्योभन्दा बढी नै प्रतिबद्धता आउनेछ।’ 
भट्टराईले सरकारले लिएको विकास, समृद्धि र सुशासनको लक्ष्य प्राप्त हुने दाबीसेमत गरे। 

‘विकास सबै मुलुकको चाहना हो। तर, सबैले यो प्राप्त गर्न सक्दैनन्। हाम्रो देशमा अहिले राजनीतिक स्थायित्व प्राप्त भएको छ’, भट्टराईले भने, ‘अब देशलाई आर्थिक समृद्धिको बाटोतर्फ अगाडि बढाउनुपर्छ।’

भट्टराईले अहिले राजनीतिक हिसाबले पनि लगानी सम्मेलन सान्दर्भिक रहेको जिकिर गरे। उनले मुलुकको आवश्यकता अनुसार नै सरकारले विदेशी लगानी भित्र्याउन प्रयत्न गरिरहेको जिकिर गरे। लगानी सम्मेलनमा फ्रान्स र म्यान्मारबाट विदेशमन्त्री नै सहभागी हुने उनको भनाइ छ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.