सुखद् बन्यो रियलमा जिदानको पुनरागमन
मड्रिड : स्पेनिस ला लिगाको शनिबारको खेलमा स्पेनिस पावर हाउस क्लब रियल मड्रिडले जित निकाल्दा, अर्काे पावर हाउस एथ्लेटिको मड्रिडले हार व्यहोरेको छ । घरेलु मैदानमा सेल्टाभिगोमाथि २–० जित निकाल्ने क्रममा इस्को र बेलले एक–एक गोल गरे। १० महिनापछि पुन: रियल मड्रिडको प्रशिक्षणमा फर्किएका जिलेदिने जिदानको सुरुवात सुखद बनेको छ ।
पहिलो हाफ गोररहित बराबरीमा सकिएको थियो । ६२ औं मिनेमा गरी रियललाई अग्रता दिलाए । ७७ औं मिनेटमा ग्यारेथ बेलले गोल गरेका थिए । जितपछि पनि रियल मड्रिड २८ खेलबाट ५४ अंककासाथ अंक तालिकाको तेस्रो स्थानमा सीमित छ। समान खेलेको एथ्लेटिको मड्रिडभन्दा दुई अंक र एक खेल कम खेलेको बार्सिलोनाभन्दा रियल ९ अंकले पछाडि छ ।
एथ्लेटिको हार्दा बार्सिलोनालाई फाइदा
बार्सिलोनालाई पछ्याइरहेको एथ्लेटिको मड्रिडलाई भने धक्का लागेको छ । शनिबारको खेलमा एथ्लेटि बिल्बाओसँग २–० को हार व्यहोरेको एथ्लेटिको मड्रिड बार्सिलोनासँगको अंक दूरी छोट्याउने अवसरबाट बञ्चित भयो ।
७२ मिनेटसम्मा गोलरहित बराबरीमा चलिरहेको खेलमा १२ मिनेको फरकमा २ गोल खाई एथ्लेटिको मड्रिड स्तब्ध बन्यो ।
एथ्लेटि बिल्बाओका लागि ७३ औं मिनेटमा इनाकी विलियम्स र ८५ औं मिनेटमा केनन कोड्रोले गोल गरे । कोड्रोले परिवर्तित खेलाडीकोरुपमा मैदान छिर्नेवित्तिकै गोल गरेका थिए ।
एथ्लेटिको मड्रिडको हारले बार्सिलोनाको उपाधि यात्रा सहज बनेको छ । आइतबार रियल बेटिससँग उसकै मैदानमा प्रतिस्पर्धा गर्न लागेको बार्सिलोनालाई १० अंकको अग्रता बनाउने अवसर छ । बासर््िालनोको ६३ र एथ्लेटिको मड्रिडको ५६ अंक छ ।