साफ च्याम्पियनसिप : श्रीलंकालाई ५-० ले हराउँदै भारत समूह विजेता

साफ च्याम्पियनसिप : श्रीलंकालाई ५-० ले हराउँदै भारत समूह विजेता

विराटनगर : पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताका सबै खेलमा जित निकाल्दै साविक विजेता भारत समूह ‘बी’को विजेता बनेको छ।

विराटनगरस्थित सहिद रंगशालामा आइतबार भएको समूह चरणको अन्तिम खेलमा भारतले श्रीलंकालाई एकतर्फी रुपमा ५-० गोलले पराजित गर्‍यो। साफका चारवटै संस्करणको विजेता भारत समूह विजेता हुँदा श्रीलंका उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनायो। भारतले सेमिफाइनलमा बंगलादेश र घरेलु टोली नेपालले श्रीलंकाको सामना गर्ने छ। सेमिफाइनलका दुवै खेल बुधबार हुने छ।

आक्रामक रूपमा मैदानमा उत्रिएको भारतसामु श्रीलंकाले कुनै समय पनि दबाब सिर्जना गर्न सकेन। भारतले खेलको पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल गरेको थियो। भारतको जितमा ग्रेस दाङ्मे, सन्ध्या रंगनाथन, इन्दुमती काथिरसान, संगीता वासफोरे र रतनवालादेवी नङ्माइथेनले एक÷एक गोल गरे।

खेलको चौथो मिनेटमै ग्रेस दाङ्मेको गोलबाट भारतले अग्रता लिएको थियो। त्यसको तीन मिनेटपछि भारतले अग्रता दोब्बर बनायो। सञ्जुको पासमा सन्ध्या रंगनाथनले सातौंैं मिनेटमा गोल गरिन्।

३६ औं मिनेटमा इन्दुमती काथिरसानले टोलीका लागि तेस्रो गोल गरिन्। खेलको ४५औं मिनेटमा भारतले पेनाल्टी प्रहारको अवसर पायो। भारतकी संगीता वासफोरेले पेनाल्टीमार्फत चौथो गोल गरिन्। दोस्रो हाफको सुरुआतमै भारतले श्रीलंकामाथि ५-० को अग्रता बनायो। ४६औं मिनेटमा रतनवालादेवी नङ्माइथेनको प्रहारले जाली चुम्दा श्रीलंकामाथि फराकिलो जित निकाल्यो।

खेलपछि श्रीलंकाका प्रशिक्षक रोहन थिलाक अल्पोन्सुले भारत प्रतियोगिताकै बलियो टोली भएकाले नराम्रो पराजय बेहोर्नु परेको बताए। ‘यसअघि सेमिफाइनलसम्म पुगे पनि समूह विजेता हुनबाट हामीले भारतलाई रोक्न सक्ने अवस्था नै थिएन’, उनले भने, ‘सुरुदेखि नै रक्षात्मक रूपमा उत्रने हाम्रो रणनीति सफल हुन नसक्दाको फाइदा उठाउँदै भारतले गोल अन्तर बढायो।’

भारतकी प्रशिक्षक मेमोल रोकीले पाँच मिनेटभित्र गोल गरेर श्रीलंकालाई दबाबमा राख्ने रणनीति सफल हुँदा सुखद नजिता हात परेको बताइन्। ‘रणनीति सफल हुँदा फराकिलो अन्तरको जित निकाल्न सकिएको हो’, उनले भनिन्, ‘अब बंगलादेशसँग सेमिफाइनल प्रतिस्पर्धाका लागि तयारीमा लाग्छौं।’

खेल सकिएपछि फोहोर उठाउँदै मेयर 
अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिता सम्पन्न गर्ने जिम्मेवारी प्रदेश १ को अस्थायी राजधानी विराटनगरलाई सुम्पिएको छ। 
प्रत्येक दिन ३ बजे सुरु हुने खेल सकिँदा लगभग ५ बजेको हुन्छ। खेल सकिएर अफिसियल, रेफ्री र खेलाडीले मैदान छाड्न साथ एउटा समूह हतारहतार गर्दै मैदान पस्छ। 

सेतो पोशाकमा रातो बोरा बोकेर मैदान छिर्ने टोलीमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली पनि हुन्छन्। सीएमजी स्वस्थ्य क्लबमार्फत एउटै समूह बनाएर मैदान छिरेका उनीहरु मैदान, प्याराफिट, मञ्च र आसपासमा रहेका फोहोर संकलन गर्न थाल्छन्। 

क्लबका अध्यक्ष किशोर धमलाले प्याराफिटको सरसफाइदेखि लिएर मञ्च, खेलाडी र अफिसियल बस्ने ठाउँ तथा मैदानको फोहोर व्यवस्थापनमा सुरुकै दिनदेखि खटिएको जानकारी दिए। 

अन्तर्राष्ट्रिय प्रतियोगिता भएकाले पनि मैदान र आसपासमा फोहोर हुन नदिनु आफ्नो दायित्व भएको मेयर पराजुलीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.