बाढीले ६३ को मृत्यु

बाढीले ६३ को मृत्यु

जकार्ता : इन्डोनेशियामा शनिबार राति आएको बाढी पहिरोमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ। बाढीपहिरोमा कैयौँ बेपत्ता भएका र खोजी कार्य जारी रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीले बताएका छन्। 

देशको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा घटना भएको खोजी तथा उद्धार कार्यालयका प्रान्तीय प्रवक्ताले आइतबार जानकारी दिएका छन्। अत्यधिक वर्षाका कारण जिल्लाका धेरै ठाउँमा प्राकृतिक प्रकोपका घटना भएको जनाइएको छ। 

प्रकोपबाट २१ जना गम्भीर घाइते भएका छन् भने१८ जना सामान्य घाइते भएका प्रान्तीय प्रकोप व्यवस्थापन निकायको आपत्कालीन एकाइका प्रमुख कोरी सिम्बोलोनले जानकारी दिए। ‘दर्जनौं अझै पनि बेपत्ता रहेका छन्, स्थानीय समयानुसार बेलुका ६ बजे बाढी आएको थियो’, उनले भने। 

बाढीबाट प्रभावित भएकाहरूमध्ये ३ हजारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले जानकारी दिए। बाढीले दर्जनौँ घर, पुल, सडकलगायतका भौतिक संरचनामा पनि क्षति पुर्या‍एको सिम्बोलोनले बताए। घटनाबाट प्रभावितलाई खोजी तथा उद्धार र राहत वितरण कार्य भइरहेको अधिकारीले जनाएका छन्। सिन्ह्वा  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.