बाइडेनद्वारा १५०० अपराधीलाई क्षमादान

वासिङ्टन : अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकाल सकिन लागेका बेला बिहीबार करिब १ हजार ५ सय अपराधीको सजाय कम गरेका छन् ।
त्यसैगरी ३९ जनालाई अहिंसात्मक अपराधका लागि माफी दिएका छन्। यसलाई ह्वाइट हाउसले अमेरिकी इतिहासमा एकै दिनमा सबैभन्दा ठूलो क्षमादानको कार्य भनेको छ। ‘सफल पुनःस्थापना देखाउने ३९ जनालाई म क्षमा गर्दछु’, बाइडेनले विज्ञप्तिमा भने, ‘लामो जेल सजाय भोगिरहेका लगभग एक हजार पाँच सय व्यक्तिको सजाय पनि कम गर्दै छु।’
ह्वाइट हाउसले सजाय कम गरिएका करिब एक हजार पाँच सय मानिसले कम्तीमा एक वर्षदेखि घरमै सजाय भोगिरहेको बताएको छ। ‘अमेरिका सम्भावना र दोस्रो अवसरको प्रतिज्ञामा निर्माण भएको हो’, बाइडेनले भने, ‘राष्ट्रपतिको हैसियतमा मलाई पश्चाताप र पुनःस्थापना देखाउने व्यक्तिहरूप्रति दया विस्तार गर्ने महान् विशेषाधिकार छ।’ यस महिना बाइडेनले आफ्नो छोरालाई माफी दिएकोमा आलोचना खेप्नु परेको थियो।
प्रतिक्रिया दिनुहोस !
