राष्ट्रिय सुरक्षा परिषद् विधेयक सच्याउन कांग्रेस संसदीय दलको माग
काठमाडौं : नेपाली कांग्रेस संसदीय दलले राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकविरुद्ध आपत्ति जनाएको छ । कांग्रेसको संसदीय दलका प्रमुख सचेत बालकृष्ण खाणले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो।
हाल सरकारले संसदमा वितरण गरेको विधेयक संविधानको प्रतिकूल हुने गरी आएको भन्दै कांग्रेसको संसदीय दलले आपत्ति जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ' दफा ६ को उपदफा (३) मा तत्काल परिषदको बैठक बस्न सम्भव नभएमा अध्यक्षले सेना परिचालनका लागि नेपाल सरकार समक्ष सिफारिस गर्न सक्नेछ,भन्ने प्रावधान राखिएको छ । उक्त व्यवस्थाले नेपालको संविधानको प्रतिकूल हुने गरी राष्ट्रिय सुरक्षा परिषद र नेपाली सेनालाई पन्छाएर प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन गर्न खोजिएको देखिन्छ ।'
संविधानको व्यवस्था विपरित राष्ट्रिय सुरक्षा परिषद र नेपाली सेनाको भूमिकालाई अवमूल्यन गर्दै राष्ट्रियतालाई कमजोर पार्ने दुस्साहसले आएकोले विधेयक सच्या
उन सरकारसँग नेपाली कांग्रेस संसदीय दलले माग गरेको छ ।
यस्तो छ विज्ञप्तिको पूर्ण पाठ...